कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छ : मुख्यमन्त्री अधिकारी

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई जन्मकैदको व्यवस्था गर्नुपर्ने बताएका छन् । 

डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छ : मुख्यमन्त्री अधिकारी

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको नीति निर्माणकर्ताहरुसँग वन नीतिमा छलफल कार्यक्रममा बोल्दै उनले संघीय ऐनमै उक्त व्यवस्था गर्नुपर्ने बताए ।

‘वनमा जानेर वा नजानेर डढेलो लगाउँदा त्यहाँका चराचुरुंगी मरेका छन्, बासस्थान खत्तम भएको छ, सिमसार सुकेका छन्, मूलहरु सुकेका छन्,’ उनले भने, ‘चैत वैशाखको खडेरीमा डढेलो लगाइदियो, जेठ असारमा पानी पर्छ । हाम्रो काँचो चट्टान छ, बाढी पहिरो जान्छ ।’

संघीय ऐनमा नै डढेलो लगाउनेलाई कडा कारबाहीको व्यवस्था गर्नसके डढेलोका कारण हुने क्षति तथा वातावरणीय प्रदूषण नियन्त्रण गर्न सहज हुने उनको भनाइ थियो । सामुदायिक वन उपभोक्ता महासंघले समेत डढेलो नियन्त्रण गर्ने विशेष कार्ययोजना बनाउँदै समुदाय परिचालन गर्नुपर्नेमा उनले जोड दिए । ‘सामुदायिक वन उपभोक्ता समितिले डढेलो नियन्त्रण गर्ने विशेष कार्ययोजना बनाउनुपर्‍यो, साधन चाहियो भनेर मात्र हुँदैन, समुदाय परिचालन गर्नुपर्छ,’ उनले भने ।

कुनै–कुनै स्थानमा सामुदायिक वनका उपभोक्ताले नै डढेलो लगाउने गरेको उनको दाबी थियो ।


प्रकाशित : वैशाख १५, २०८१ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?