२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

कांग्रेस कार्यकर्ताद्वारा कोशी प्रदेश प्रमुखको पुतला दहन

पर्वत पोर्तेल

विराटनगर — असंवैधानिक तबरबाट नयाँ सरकार गठन गरेको भन्दै कांग्रेस कार्यकर्ताले बिहीबार कोशी प्रदेश प्रमुख परशुराम खापुङको पुतला दहन गरेका छन् । 

कांग्रेस कार्यकर्ताद्वारा कोशी प्रदेश प्रमुखको पुतला दहन

कांग्रेस विराटनगर महानगर कमिटीको अगुवाइमा खापुङको पुतला दहन गरिएको हो ।

कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईंले प्रदेश प्रमुखले मध्यरातमा सरकार गठनका लागि पत्र पठाउनुलाई गलत अभ्यास भएको टिप्पणी गरेका छन् । नयाँ सरकार गठन भई मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् ।

निवर्तमान मुख्यमन्त्री केदार कार्की भने नयाँ सरकारविरुद्ध कानुनी उपचारका लागि सर्वोच्च पुगेका छन् ।

तस्बिर : सुशीला पाठक/कान्तिपुर टीभी


प्रकाशित : वैशाख २७, २०८१ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?