२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५
कान्तिपुर इकोनमिक समिट

राजनीतिक स्थायित्वका सूत्र

जेष्ठ ७, २०८१

नेपालका राजनीतिक दलहरू लामो समयसम्म निरङ्कुश सत्ता र तानाशाही व्यवस्था विरुद्घको संघर्षबाट गुज्रिए । ६ दशकसम्मको संघर्षले गर्दा नेपाली समाजको मनोविज्ञान राज्य विरुद्घको मनोविज्ञानका रूपमा विक...

कान्तिपुर इकोनमिक समिट- २०२४ को झलक

'अर्थतन्त्रको आधारभूत आवश्यकता: राजनीतिक नेतृत्वको सामूहिक प्रतिबद्धता' भन्ने नारासहित कान्तिपुर पब्लिकेशन्सले आइतबार इकोनमिक समिट- २०२४ को आयोजना गर्‍यो । दलहरुलाई एक ठाउँमा ल्याएर सार्वजनिक रूपमा प्रतिबद्ध बनाउन र सरोकारवालाका आवाज तथा नीति निर्माताका योजना अभिव्यक्त गर्न कान्तिपुर इकोनमिक समिट- २०२४ आयोजना गरिएको हो । समिटका केही तस्बिहरू :

‘वास्तविक उद्यमीलाई ऋण पाउन समस्या छैन’

जायज परियोजना र वास्तविक ऋणीले अहिले पनि सजिलै सस्तो ब्याजदरमा कर्जा पाइरहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । राष्ट्र बैंकको कसिलो नीतिका कारण ऋणीले कर्जा नपाइरहेको आरोप निजी क्षेत्रले लगाइरहेका बेला गभर्नर अधिकारीको यस्तो धारणा आएको हो । 

‘उद्यमीको आत्मविश्वास बढाउन स्थिर नीति अपरिहार्य’

कोभिड र त्यसपछि अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको द्वन्द्व एवं आर्थिक शिथिलताले थलिएका उद्यमी व्यवसायीको आत्मविश्वास बढाउन सरकारले स्थिर नीति ल्याउनुपर्नेमा उद्यमीहरूले जोड दिएका छन् । छिट्छिटो परिवर्तन गरिने नीतिले सर्वसाधारण र उद्यमी व्यवसायीमा अन्योल छाएकाले कम्तीमा १० वर्ष टिक्ने नीति हुनुपर्ने उनीहरूको भनाइ छ । सर्वसाधारण र व्यवसायीको आत्मविश्वास घटेकै कारण बैंकमा तरलता बढेकाले आगामी बजेटमार्फत आत्मविश्वास बढाउनुपर्ने उनीहरूको माग छ ।

अर्थतन्त्र सुधारमा प्रमुख दल एकमत

निजी क्षेत्रलाई अनुकूल वातावरण बनाइदिएर अर्थतन्त्र सुधारको पहल गर्नुपर्नेमा प्रमुख राजनीतिक दल एकमत देखिएका छन् । अर्थतन्त्र विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकाले पनि आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण सिर्जनादेखि विकास निर्माणमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा उनीहरूको जोड छ । मुलुकमा आर्थिक विकास नहुनुमा राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार, कुशासन मुख्य चुनौती रहेको उनीहरूले औंल्याए । 

निजी लगानी जोखिममा पर्ने गरी बजेट ल्याउन्नँ : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको लगानी जोखिममा पर्ने गरी बजेट नल्याउने बताएका छन् । सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने खालको कर र अन्य नीति ल्याउने तयारी गरिरहेको उनको भनाइ छ । हचुवाका भरमा कर नीति परिवर्तन नगर्नेसमेत उनको प्रतिबद्धता छ ।

निर्वाहमुखी उत्पादनमा ठुलो जनसंख्या संलग्न हुनु पनि विकासको चुनौती : पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाहमुखी र गुजारामुखी उत्पादनमा ठुलो जनसंख्या संलग्न हुनु पनि विकासको चुनौती भएको बताएका छन् । आइतबार कान्तिपुर मिडिया ग्रुपले गरेको ‘इकोनमिक सम्मिट २०२४’ को अन्तिम सत्र ‘अर्थमन्त्रः राजनीतिक नेतृत्वको प्रतिबद्धता’ मा आफ्ना विचार राख्दै महासचिव पोखरेलले राजनीतिक परिवर्तन पश्चात पनि संरचनागत सुधार हुन सकेको बताए ।

आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रको प्रवर्द्धन गर्नुपर्छ : उपाध्यक्ष भुसाल

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षेत्रमा लगानी गरी आय, रोजगारी र अर्थतन्त्रमा योगदान बढाउनु पर्ने बताएकी छिन् । 

हाम्रो वित्त नीति भोट वा नोटका लागि मात्र हुने गरेको छ : महामन्त्री थापा

कांग्रेस महामन्त्री गगन थापाले वित्त नीति भोट वा नोटका लागि मात्रै हुने गरेको बताएका छन् । आइतबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'कान्तिपुर इकोनोमिक समिट–२०२४' को चौथो सत्र 'अर्थतन्त्र आधारभूत आवश्यकता : राजनीतिक नेतृत्वको सामूहिक प्रतिबद्धता’ मा महामन्त्री थापाले  कल्याणकारी आर्थिक नीतिको समीक्षा गर्नुपर्नेमा जोड दिएका हुन् । 

अर्थतन्त्र सुधारका लागि सात दलका नेताको सामूहिक प्रतिबद्धता

अर्थतन्त्रको अवस्था सुधारका लागि संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने सात दलका नेताहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । 

रास्वपा प्रमुख सचेतक परियारको प्रश्न : प्राकृतिक स्रोतसाधनले सम्पन्न नेपालको विकास किन भएन ?

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालसँग धेरै कुरा भए पनि आर्थिक रुपमा सम्पन्न हुन नसकेको बताएका छन् ।

अर्थतन्त्र सुधार्न नीति र प्रणाली सुधार्नुपर्छ : अध्यक्ष लिङ्देन 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको अर्थतन्त्र सुधार्नका लागि नीति र प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको पनि भूमिका गम्भीर हुनुपर्ने लिङ्देनको भनाइ थियो ।

अर्थतन्त्रको मूल समस्या समाजवादउन्मुख आर्थिक नीति हो : सीके राउत

राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउतले देशमा राजनीतिक अस्थीरता, आर्थिक अराजकता र नीतिगत एवं संरचनागत भ्रष्टाचार विद्यमान रहुन्जेल लगानीमैत्री वातावरण बन्न वा आर्थिक गतिविधि मौलाउन अत्यन्तै कठीन रहेको बताएका छन् । 

जायज परियोजनाले ऋण नपाएको अवस्था छैन : गभर्नर अधिकारी 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै पक्षबाट राम्रा र वास्तविक आयोजनाहरू (ऋणी)ले ऋण पाउन समस्या नभएको  बताएका छन् । अहिले बैंक तथा वित्तीय संस्थाले नाममात्रका आयोजना, साँवा र ब्याज तिर्नका लागि कर्जा लिन आएको अवस्थामा मात्र ऋण प्रवाह नगरेको उनको दाबी छ ।  

एउटा अर्थमन्त्रीको सनककै भरमा वर्षौं वर्षसम्म लगानी डुब्ने वातावरण बन्नु हुँदैन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित गर्ने खालको कर र अन्य नीति बनाइने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'कान्तिपुर इकोनमिक समिट-२०२४' अन्तर्गत दोस्रो सत्र प्रि-बजेट वक्तव्यमा अर्थमन्त्री पुनले हचुवाका भरमा कर नीति परिवर्तन नहुने बताएका हुन् ।  

अर्थतन्त्र शिथिल हुनुमा राष्ट्र बैंकको भूमिका शून्य : गर्भनर अधिकारीे

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्र शिथिल हुनुमा राष्ट्र बैंकको भूमिका शून्य रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘इकोनोमिक समिट २०२४’ को तेस्रो सत्र ‘गर्भनरलाई प्रश्नैप्रश्न’ मा बोल्दै उनले सो कुरा बताएका हुन् ।

आर्थिक शिथिलताका बीच पनि राम्रा कामहरू भएका छन् : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले कमजोरीहरूलाई सच्याउँदै अगाडि बढ्नुपर्ने बताएका छन् । आइतबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनमिक समिट-२०२४ अन्तर्गत दोस्रो सत्र प्रि-बजेट वक्तव्यमा अर्थमन्त्री पुनले मुलुकको समग्र स्थितिलाई आलोचनात्मक रूपले हेर्नुपर्ने बताएका हुन् । 

गैरआवासीय नेपाली रेमिट्यान्स पठाउन मात्रै होइन, नेपालमा लगानी गर्न चाहन्छन् : उपेन्द्र महतो

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले निजी क्षेत्र र विदेशी लगानीकर्ताबीच सेतुका रूपमा रहेका ६० लाख गैरआवासीय नेपालीलाई सरकारले एउटा संस्थाका रूपमा मानेर कम महत्त्व दिएको गुनासो गरेका छन् । हालै सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा गैरआवासीय नेपालीलाई उचित भूमिका नदिइएको भन्दै उनको दुखेसो पोखे ।

सबै क्षेत्र तहसनहस भइसकेको छैन : वरिष्ठ अनुसन्धानकर्ता खनाल

नीति अनुसन्धान प्रतिष्ठानकी वरिष्ठ अनुसन्धानकर्ता कल्पना खनालले मुलुकमा आर्थिक शिथिलता देखिए पनि सबै क्षेत्र धराशयी भने नभएको बताएकी छिन् ।