कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

गृहमन्त्रीले असभ्य र हिंस्रक अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कांग्रेसको निर्णय

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार प्रतिनिधि सभा बैठकमा दिएका अभिव्यक्ति असभ्य, भ्रामक र हिंस्रक खालको रहेको भन्दै आपत्ति जनाएको छ  ।

गृहमन्त्रीले असभ्य र हिंस्रक अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कांग्रेसको निर्णय

कांग्रेस संसदीय दलको सोमबारको बैठकले लामिछानेका अभिव्यक्तिको निन्दा गर्दै यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

'हिजो गृहमन्त्री रवि लामिछानेल प्रतिनिधि सभामा असत्य, असभ्य, भ्रामक र हिंस्रक ढंगले प्रस्तुत हुनु भयो' बैठकपछि प्रमुख सचेतक रमेश लेखकले भने,'आफू माथि लागेका अभियोगबबाट भाग्ने प्रयास गर्नुभयो । यो अभिव्यक्तिको हामी घोर निन्दा गर्दछौं र प्रधानमन्त्रीले ध्यानाकर्षण गराउने निर्णय पनि गरेका छौं ।'

संसदीय छानबिन समिति नबनाउँदा सम्म सदनको कुनै पनि कामकारबाही अघि बढाउन निदिने उनले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ७, २०८१ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x