कांग्रेसप्रति प्रधानमन्त्री दाहाल आक्रोशित : 'तपाईंहरूको गतिविधि एउटा कलंकका रूपमा रहनेछ'
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — आफूले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभामा कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल आक्रोशित रूपमा प्रस्तुत भएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![कांग्रेसप्रति प्रधानमन्त्री दाहाल आक्रोशित : 'तपाईंहरूको गतिविधि एउटा कलंकका रूपमा रहनेछ'](https://i3.ytimg.com/vi/d-2vxypyUQY/maxresdefault.jpg)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
एमाले नेता विष्णु पौडेलले बोलेपछि रोस्ट्रममा जवाफ दिन पुगेका प्रधानमन्त्री दाहालले आफूले कांग्रेसलले पटक-पटक सहयोग गरे पनि आजको गतिविधिले दु:खी बनाएको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले अवरोधमा उत्रिएका कांग्रेस सांसदलाई सम्बोधन गर्दै भने, 'तपाईंहरूले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक-पटक तपाईंहरूलाई साथ थियो त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरूले एउटा नराम्रो उदाहरण पेस गर्नुभयो त्यसको निम्ति म गहिरो दु:ख व्यक्त गर्न चाहन्छु ।'
त्यस्तै प्रधानमन्त्री दाहालले आजको गतिविधिका कारण कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने पनि बताएका छन् । 'नेपाली कांग्रेसका लागि मूल्य चर्को पर्नेछ । आजको तपाईंहरूको गतिविधि नेपालको इतिहासमा एउटा कलंकका रूपमा रहनेछ,' प्रधानमन्त्री दाहालले भने ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)