कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

लगानी बढाउन स्पेनी लगानीकर्तालाई महासंघको अनुरोध

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रशस्त अवसर भएकाले स्पेनी लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।

लगानी बढाउन स्पेनी लगानीकर्तालाई महासंघको अनुरोध

बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचसँग महासंघको सचिवालयमा शुक्रबार भएको भेटमा ढकालले उक्त आग्रह गरेका हुन् ।

भेटमा ढकालले नेपाल र स्पेनबीचको व्यापारको तथ्यांकलाई उल्लेख गर्दै दुई चेम्बरले व्यापार र लगानीका लागि कसरी सहकार्य गर्न सकिन्छ भन्ने उपाय खोज्न आग्रह गरे । ‘भारत र चीनबीच नेपालको रणनीतिक स्थानले विश्वका दुई ठूला बजारमा व्यापार र लगानीका लागि अनुपम अवसरहरू उपलब्ध छ,’ ढकालले भने, ‘नेपालमा विदेशी लगानी भित्र्याउन खुला तथा उदार व्यापार नीति अपनाएका छौं ।’ दुई चेम्बरबीच राम्रो सम्बन्ध कायम भएमा नेपालले स्पेनमा निर्यात बढाउन सहयोग पुग्ने ढकालले बताए । अध्यक्ष बोन्जोचले दुई चेम्बरबीच राम्रो सहकार्य हुन सक्ने प्रतिक्रिया दिए ।

उनले महासंघसँग राम्रो साझेदारीका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : श्रावण १२, २०८१ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×