कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

गुणस्तर र तोकिएको मूल्यमा पानी बेच्न बोटल संघको आग्रह

भाद्र २२, २०८१

काठमाडौँ — नेपाल बोटल वाटर संघले पानीको गुणस्तर र तोकिएको मूल्यमा बिक्री गर्न विक्रेताहरूलाई आग्रह गरेको छ ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडबाडको समयमा उपभोक्तालाई निर्धारित मूल्यभन्दा धेरैमा बिक्री नगर्न भनेको हो । पानीको गुणस्तर र मूल्यमा उपभोक्ता तथा सरोकारवाला निकाय पनि सचेत हुनुपर्ने विषयमा संघको जोड छ ।

‘पानीको गुणस्तर, पहिचान खुलेको लोगो, इम्बोसिङ वा प्रिन्टेड जार, मूल्य खुलेको क्यूआर कोड स्टिकर, सफा राम्रो जार, पानीको बोटल, ल्याब परीक्षणको कागजात हेरी चाडबाडको मुखमा तोकिएको मूल्यभन्दा बढीमा प्रभाव पार्ने गरी पानी बिक्री वितरण गर्ने देखिएकाले सचेत रहौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै बिल–बीजकसहित पानी खरिद गर्न अनुरोध गर्दछौं ।’

उपत्यकामा पानीको एक जारको खुद्रा मूल्य ४५ देखि ४७ र एक बोतल पानीको मूल्य १६ रुपैयाँ पर्ने संघले जनाएको छ । उपत्यकाबाहिर भने एक जारको खुद्रा बिक्री मूल्य ६० र एक बोतलको २० रुपैयाँ पर्नेछ ।

प्रकाशित : भाद्र २२, २०८१ १०:४८
x
×