कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

उद्यमशीलतामा युवालाई प्रोत्साहन गर्न माग 

भाद्र ३१, २०८१
उद्यमशीलतामा युवालाई प्रोत्साहन गर्न माग 

काठमाडौँ — युवालाई उद्यमशीलता, रोजगारी र युवा सशक्तीकरणका लागि सरकारले विशेष नीतिसहित प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने मागसहित घोषणापत्र जारी गर्दै दुईदिने नेपाल युथ समिट काठमाडौंमा सम्पन्न भएको छ ।

राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा भदौ २८ र २९ मा भएको समिटले युवालाई स्वदेशमै आफ्नो ज्ञान, सीप र क्षमताका आधारमा रोजागार गर्ने वातावरण निर्माण गर्नुपर्ने, युवाहरूलाई स्वरोजगार र उद्यमशीलतामा लाग्न उत्प्रेरित गर्नुपर्ने, स्वदेशी उत्पादनका उपभोगलाई प्राथमिकता र त्यसका लागि समय सापेक्षित नीति, नियम, योजना र बजेटको व्यवस्था हुनुपर्ने माग गरेको छ ।

युवाहरूलाई राजनीतिक, सामाजिक र आर्थिक नेतृत्वमा पहुँच दिन राज्यका सबै तहमा समानुपतिक र अर्थपूर्ण सहभागी गराउने र उनीहरूको क्षमताको विकास गर्ने कार्यक्रम लागू गर्नुपर्ने समिटको माग रहेको कार्यक्रम संयोजक भूपेन्द्रजंग शाहीले बताए ।

समिटमा सीप र बजारोन्मुख शिक्षा, डिजिटल शिक्षामा पहुँच, नवप्रवर्तनलाई प्रोत्साहन र प्रविधिमा युवाहरूको पहुँचलाई सुनिश्चित गरी डिजिटल साक्षरता र स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सरकारसँग माग गरिएको छ ।


प्रकाशित : भाद्र ३१, २०८१ ०६:५१
x
×