कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

दिपल एक्सचेन्ज कार्निभल सुरु

आश्विन १, २०८१
दिपल एक्सचेन्ज कार्निभल सुरु

काठमाडौँ — एमएडब्लू वृद्धि अटोकर्पले काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कानिर्भल सुरु गरेको छ । एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवालले सोमबार कार्निभल उद्घाटन गरे ।

कार्निभलको पहिलो दिनमा पुरानो गाडी साटेर दिपल इभीमा अपग्रेड हुन चाहनेहरूको सहभागिता उल्लेख्य रहेको कम्पनीले जनाएको छ । एक्सचेन्ज कार्निभलमा ग्राहकले ७१ लाख ९९ हजार रुपैयाँमा दिपल एस०७ खरिद गर्न सक्नेछन् ।

ग्राहकले कार्निभलमा जुनै पनि ब्रान्डका गाडी राम्रो मूल्यांकनमा एक्सचेन्ज गर्न सक्ने सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । एक्सचेन्ज कार्निभल असोजको ३ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित : आश्विन १, २०८१ ०६:५२
x
×