कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

सामाजिक पहलमा २० करोड योगदान पुर्‍याउने एनसेलको प्रतिबद्धता

आश्विन ३, २०८१
सामाजिक पहलमा २० करोड योगदान पुर्‍याउने एनसेलको प्रतिबद्धता

काठमाडौँ — जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) का परियोजना सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ ।

मंगलबार आयोजित एक समारोहबीच एनसेलले नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सव मनाउँदै उक्त घोषणा गरेको हो । उक्त कार्यक्रममा एनसेल फाउन्डेसनले आगामी पाँच वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

उक्त अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी २ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको बताए ।


प्रकाशित : आश्विन ३, २०८१ ०६:५४
x
×