कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

ई–सेवाबाट चाडपर्वमा कारोबार गर्दा कार जित्ने योजना

आश्विन ३, २०८१
ई–सेवाबाट चाडपर्वमा कारोबार गर्दा कार जित्ने योजना

काठमाडौँ — भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले चाडपर्व लक्षित ‘ई–सेवा महा–उत्सव : ई–सेवाको कारोबारमा नामीको दामी कार’ नामक योजना सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत ई–सेवाबाट जुनै कारोबार गर्ने प्रयोगकर्तामध्ये एक जनाले नयाँ नामीको विद्युतीय गाडी जित्न सक्नेछन् ।

सय रुपैयाँको खेलमा हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले आइफोन १६ जित्न सक्ने कम्पनीले जनाएको छ । यो योजना कात्तिक ३० सम्म मात्र लागू हुने ई–सेवाले बताएको छ ।


प्रकाशित : आश्विन ३, २०८१ ०६:५३
x
×