प्रदेश सरकारले ताप्लेजुङको मेरिङदेन-३ दोभानका आगलागी पीडितलाई राहत दिने घोषणा गरेको छ । मुख्यमन्त्री शेरधन राईले बिहीबार आगलागी बस्तीमा पुगेर राहत सामाग्री उपलब्ध गराउनुका साथै थप राहत प्याकेज ल्याउने घोषणा गरेका छन् ।
मन्त्रिपरिषद्ले निर्णय गरेको ३१ महिनापछि नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ । संस्थानको केन्द्रीय कार्यालयले दुईपटक पत्र लेखेपछि बोर्डले औपचारिक रूपमा तीन दिनअघि जिम्मा लिएको हो ।
नेकपा व्यावहारिक र राजनीतिक रूपमा दुई टुक्रा भए पनि औपचारिक विभाजन नहुँदा प्रदेश १ सभा अनिर्णयको बन्दी बनेको छ । दाहाल–नेपाल समूहले पुस १२ मा दर्ता गराएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पार्टी औपचारिक रूपमा विभाजन नभएकै कारण अहिलेसम्म टुंगिन सकेको छैन ।
मोरङको सुनबर्सी–६ टुपियाखाडीका नीलबहादुर चौहानलाई नामथरले चिन्ने थोरै मात्र छन् । उनी त्यसै ‘सालबाजे’ उपनामले परिचित भएका होइनन् । अढाई दशकदेखि आफ्नो निजी जग्गामा सालका रूख हुर्काउने काममा लागेका चौहानलाई जिल्ला वन कार्यालय मोरङले ‘सालबाजे’ को उपनाम दिएको हो ।
विभिन्न मन्त्रालयका पाँच सचिवले मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको अवलोकन गरेका छन् । बुधबार बाँध निर्माणस्थल फ्याक्सिन्दा र पावरहाउस निर्माणस्थल दिदिङको पुखुवा पुगेर उनीहरूले आयोजनाको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँका ४५ वर्षीय बर्मलाल लुइँटेल मृत फेला परेका छन् । स्थानीय लक्ष्मीकुमार राईको घरमा बुधबार बिहान लुइँटेवल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।
आर्थिक वर्ष २०७८/७९ को बजेट कोरोना महामारीले खुम्चिएको अर्थतन्त्र पुनरुत्थानमा केन्द्रित हुनुपर्ने उद्योगी व्यवसायीले सुझाएका छन् । नेपाल राजस्व परामर्श समितिले आइतबार विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७८/७९ का लागि राजस्वमाथिको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले यस्तो बताएका हुन् ।