मतदान प्रक्रियामा विवादका कारण आईतबार निर्वाचन स्थगित गरेर सोमबार मनोनयन प्रक्रियादेखि नै सुरु गरिएको थियो ।
उदयपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा चित्रकुमार कार्की निर्वाचित भएका छन् । १ सय १३ मतसहित कार्की सभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जनक बस्नेतले ८१ मत प्राप्त गरेका थिए ।
उपसभापतिमा किरण राउत, सचिवमा सूर्यबहादुर लामा, सहसचिवमा सूर्यकुमार राई निर्वाचित भए । सदस्यतर्फ कौसिला कार्की, अम्बरबहादुर तामाङ, गुरुदेव कार्की र हेमकुमारी चौधरी, सुशीला थापा, बब्लु गुप्ता, पवित्रा भट्टराई, सुनिता चौधरी निर्वाचित भएका छन् । अधिवेशनले क्षेत्र नं. १ को सभापतिमा उद्दव अधिकारी, क्षेत्र नं. २ को सभापतिमा सामर्थ थापालाई छनौट गरेको छ ।
मतदान प्रक्रियामा विवादका कारण आईतबार हुने भनिएको निर्वाचन स्थगित गरेर सोमबार मनोनयन प्रक्रियादेखि पुन: सुरु गरिएको थियो ।
