मतदान प्रक्रियामा विवादका कारण आईतबार निर्वाचन स्थगित गरेर सोमबार मनोनयन प्रक्रियादेखि नै सुरु गरिएको थियो ।
घटनाका विषयलाई लिएर अहिले सामाजिक सञ्जालदेखि लिएर बजारका चिया पसलहरुमासमेत विभिन्न कोणहरुबाट चर्चा भइरहेको छ ।
चुनढुंगा ढुवानीका लागि प्रयोग हुने टिपर-ट्रकको अत्यधिक सञ्चालनले स्थानीय सडक जीर्ण र जोखिमपूर्ण बन्दै गएको भन्दै बैजनाथ टोल विकास संस्थासहित स्थानीयले गाउँपालिकामा ज्ञापन-पत्र बुझाएका हुन् ।
सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा कार्यरत कर्मचारी र श्रमिक १४ महिनादेखि तलबलगायतका सुविधा नपाउँदा दैनिक जीवनमै समस्या परेको भन्दै आन्दोलित भएका छन् ।
सुधारको पर्याप्त अवसर दिँदा समेत अटेर गरेपछि अन्ततः उद्योग सिल गर्न बाध्य भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेयले बताए ।
२०७७ मंसिर १५ मा शिलान्यास गरेको अस्पताल सामुदायिक वनको जग्गामा कानुनी प्रक्रिया नपुगेको भन्दै लामो समय रोकिएको थियो । जग्गा विवाद सुल्झिएपछि बुधबार वर्तमान पुन: शिलान्यास गरिएको हो ।
नगरपालिकाले गत आइतबार सार्वजनिक सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गामा बनाइएका अस्थायी तथा स्थायी संरचना हटाउन अनुरोध गरेको छ ।
सडक खुलाउन डोजर पठाइए पनि निरन्तर पहिरो झरिरहेकाले जोखिम बढेपछि उपकरण फिर्ता गरिएको कटारी नगरपालिका-१४ का वडाध्यक्ष अम्बर मगरले बताए ।
झन्डै १५० रोपनी क्षेत्रफलमा फैलिएको थुम्को परेको तिल्केचौर बस्तीको अधिकांश जमिनमा धाँजा फाटिसकेको छ । १७ घरपरिवार रहेको बस्तीमा १२ घर चर्किएका छन् भने ६ परिवार बसाइँ सरेका छन् ।