पहिरोले कटारी–घुर्मी सडक पूर्ण अवरुद्ध

सडक खुलाउन डोजर पठाइए पनि निरन्तर पहिरो झरिरहेकाले जोखिम बढेपछि उपकरण फिर्ता गरिएको कटारी नगरपालिका-१४ का वडाध्यक्ष अम्बर मगरले बताए ।

वैशाख २९, २०८३

राकेश नेपाली

Landslide completely blocks Katari-Ghurmi road

उदयपुर — उदयपुरको कटारी–घुर्मी सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । वेतेनी–हर्देनी बीचमा मंगलबार साँझ 

पहिरोले सडक पुरिएपछि सवारी आवागमन ठप्प बनेको हो । स्थानीयका अनुसार करिब डेढ घण्टाअघि सडक माथिबाट ठूलो पहिरो खसेपछि सडक बन्द भएको हो । 

सडक खुलाउन डोजर पठाइए पनि निरन्तर पहिरो झरिरहेकाले जोखिम बढेपछि उपकरण फिर्ता गरिएको कटारी नगरपालिका-१४ का वडाध्यक्ष अम्बर मगरले बताए । लगातार वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भएको उनले बताए । सडक अवरुद्ध भएपछि कटारी हुँदै ओखलढुंगा, घुर्मी तथा आसपासका क्षेत्रतर्फ जाने यात्रुहरू समस्यामा परेका छन् । कटारी नगरपालिका-१४ घुर्मीका राकेश पोखरेलका अनुसार केही सवारीसाधन सडक दुवैतर्फ रोकिएका छन् भने यात्रुहरू सुरक्षित स्थानतर्फ जान थालेका छन् ।

इलाका प्रशासन कार्यालय, कटारी र कटारी नगरपालिकाले अत्यावश्यक बाहेक उक्त सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ । 

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully