२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

राशिफल

updated at: वैशाख २७, २०८१ | ०६:११

मेष(Aries)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आफ्नो कार्यक्षेत्रमा सफल भइनेछ । तपाईंको कामको कदर गरिनेछ । कुनै कुरामा अनपेक्षित खर्च हुन सक्छ ।

वृष(Taurus)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

समयलाई आफ्नै ढाँचामा ढलाउन खोजिनेछ । मनपर्ने क्रियाकलापमा रम्ने अवसर मिल्नेछ । इच्छा भोजन मिल्नेछ ।

मिथुन(Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, ह

कुनै कुराले व्यस्त गराउनेछ । व्यावहारिक काममा सजग रहनुपर्ने बेला छ । कम बोलीमै काम सक्ने प्रयास गर्नुपर्नेछ ।

कर्कट(Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मित्रवर्गसित भेटघाट हुन सक्छ । आर्थिक कामले कतै निस्किनुपर्ने हुन सक्छ । सोचेअनुरुप काम बन्दै जानेछ ।

सिंह(Leo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

इच्छाबमोजिम सबै कुरा मिल्दै जानेछ । कुनै कुराले मन ढुक्क रहनेछ । मनले सन्तुष्टिको अनुभव गर्नेछ ।

कन्या(Virgo)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

चञ्चल मनलाई एकाग्र पार्न सके काममा सहज हुनेछ । सबै कुराहरु क्रमशः मिल्दै जानेछन् । पुनर्ताजगीका निमित्त केही समय छुट्याउनु उचित हुनेछ ।

तुला(Libra)
र, रि, रु, रे, रो, ता, ति, तु, ते

कुनै कुराले यत्तिकै अल्मलाउन सक्छ । तन अल्छी बन्दा काममा सुस्तता हुनेछ । काममा खासै जाँगर नलाग्न सक्छ ।

वृश्चिक(Scorpio)
तो, ना, नि, नु, ने, नो, या, यि, यु

तपाईंको अनुकूलताका आधारमा काम गर्ने प्रयास हुनेछ । मनपर्ने परिकार मिल्नेछ । कामविशेषले कतै निस्किनुपर्नेछ ।

धनु(Sagittarius)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । कुनै कुरामा आर्थिक लाभ हुनेछ । सोचेसरह सबै कुरा मिल्दै जानेछ ।

मकर(Capricorn)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

काममा असहज हुन सक्छ । आफ्नो अनुकूलता मिलाउनुपर्ने हुन्छ । प्राथमिकताका कुरामा बढी जोड दिनुपर्ने बेला छ ।

कुम्भ(Aquarius)
गु, गे, गो, सा, सि, सु, से, सो, द

मन विचलित हुन सक्छ । काममा दोधार हुन सक्छ । आत्मीयसित कुरा गर्दा मनमा ऊर्जा बढ्नेछ ।

मीन(Pisces)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

योजनानुसारका काममा सफलता मिल्दै जानेछ । रिस गर्नेहरु आफैं तर्किन थाल्नेछन् । मनमा प्रसन्नता बढ्नेछ ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.