ट्रान्सजेन्डर नेपाली मोडल अन्जली लामाले हलिउडमा डेब्यू गर्ने भएकी छन् । ६ भागमा निर्माण हुने 'वुमन स्टोरिज'मा अन्जलीसँगै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज, मार्सिया गे हार्डेनलगायतको अभिनय रहनेछ । यो फिल्म ज्याकलिनको पनि हलिउड फिल्म हो ।
रेनिस फागो भेट्ने बित्तिकै फिल्मकर्मीले एउटै कुरा दोहोर्याउँछन्, 'मेरो फिल्मलाई चकाचक बनाइदेउ' । अर्थात् फिल्म रंगीन र उज्यालो बनाइदेउ । 'चकाचक भनेको के हो त ?' कलरिस्ट फागो फिल्मकर्मीलाई कहिलेकाहीँ सोध्ने गर्छन् । उनीहरुका मौनताले नै रंग संयोजनप्रतिको बुझाइ प्रष्ट हुन्छ । नेपाली फिल्मकर्मीको ठूलो जमात यही 'चकाचक' समूहभित्र अटाउँछ । अधिकांश नेपाली फिल्मकर्मीसँग रंग संयोजन(कलर ग्रेडिङ) को ज्ञानको अभाव देख्छन् रेनिस ।
विदेशी श्रमिकले कोरियामा भोग्ने भेदभावलाई विषय बनाएको फिल्म ‘सारासेनवी खाल’ (सारासेनको तरबार) कोरियामा प्रदर्शन भएको छ । इमछे यङको निर्देशनमा तयार फिल्ममा मुख्य भूमिकामा छन् नेपाली युवक गम्भीरमान श्रेष्ठ । उनी केही समयदेखि कोरियाली फिल्महरूमा अभिनय गर्दै आएका छन् ।
नेपालको इतिहासबारे मिस नेपालका विजेताहरूले कत्तिको बुझेका हुन्छन् ? उनीहरूका लागि सम्पदा बुझ्नु ताज जितेसँगैको सूचीमै छ । त्यसैले यसपटकका मिस नेपालहरूले शनिबार सम्पदा क्षेत्र हेर्ने र बुझने गरेका छन् ।
दोहोरी कार्यक्रम 'खेलौं जुहारी' को टेलिभिजन प्रसारण सुरु भएको छ । इन्टरटेन्टमेन्ट हाउसको निर्माणमा कान्तिपुर टेलिभिजनबाट शुक्रबारदेखि उक्त कार्यक्रमको प्रसारण सुरु गरिएको हो । हरेक दिन दिउँसो ३ देखि ४ बजेसम्म प्रसारण हुने कार्यक्रम शनिबार भने प्रसारण हुने छैन ।
कोरोना कालमा नाट्यकर्मीले डिजिटल माध्यमबाट नाटक मञ्चन गरे । फेसबुकमा लाइभ स्ट्रिमिङ गरे । रंगकर्मी अनुप बरालको प्रश्न छ,'के त्यो वास्तवमा रंगमञ्च थियो त ?' उनी डिजिटल प्लेटफर्ममा रेकर्डेड नाटक देखाउँदा रंगमञ्चको स्वरुप हराएको बताउँछन् ।
१५ वर्षअघि प्रकाशित आख्यान 'पल्पसा क्याफे' माथि नाटक बन्ने भएको छ । पत्रकार नारायण वाग्लेको पुस्तकलाई लिएर रंगकर्मी विमल सुवेदीले नाटक निर्देशन गर्दैछन् । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटकमा पल्पसाको भूमिका निभाउँदैछिन् अभिनेत्री स्वस्तिमा खड्का । 'बुलबुल'बाट अभिनयको तारिफसँगै राष्ट्रिय/अन्तर्राष्ट्रय अवार्ड बटुलेकी स्वस्तिमाको यो डेब्यु नाटक हो ।