विश्व हल्लाईरहेको ‘अब्सेसन’, के छ फिल्ममा त्यस्तो ?

हरर फिल्म भनिएपनि ‘अब्सेसन’ मा सबै डरलाग्दा दृश्य मात्र छैन, बरु अहिलेको जेन–पुस्ताबीच हुने सम्बन्धहरू र ‘म्यानोस्फियर’ का महिलाद्वेषी विचार र भावनामाथि कडा व्यंग्य गर्छ । दर्शकमा एकसाथ डर र हाँसो पैदा हुन्छ ।

जेष्ठ २३, २०८३

एजेन्सी

The 'Obsession' that is shaking the world, is there anything like that in the film?

लस एन्जलस — यतिबेला खासगरी अमेरिकी बक्सअफिसमा तहल्का मच्चाईरहेको हरर फिल्म ‘अब्सेसन’ ले यतिबेला दर्शक र समीक्षक दुवैको ध्यान तानिरहेको छ । युट्युबमा हरर सर्ट फिल्महरू बनाएर चर्चा कमाएका निर्देशक करी बार्करको यो फिचर फिल्ममा डेब्यू हो ।

यस फिल्मले बहुसंख्यक जेन–जी र नेटिजेन दर्शकलाई आकर्षित गर्नुका मुख्य कारणहरूमध्ये यसको सटीक कन्सेप्ट हो । ‘अब्सेसन’ को मुख्य थीम नै ‘तपाईले के चाहनुहुन्छ भन्ने कुरामा होसियार रहनुहोस्’ भन्ने हो । फिल्ममा मुख्य पात्र बियरले आफूले मन पराएको युवती ‘निक्की’ को प्रेम पाउनका लागि एउटा इच्छाधीन अस्त्र ‘वन विश विलो’ को सहायता लिन्छ । उसको इच्छा त पूरा हुन्छ, तर त्यो प्रेम यति भयानक र हिंस्रक रूपमा ‘अब्सेसन’ (पागलपन) मा बदलिन्छ, जसले स्वयं बियरको जीवननै ‘नर्कतूल्य’ बन्छ । 

The 'Obsession' that is shaking the world, is there anything like that in the film?

फिल्ममा हरर र डार्क हृयुमरको गज्जबको समिश्रण छ । हरर फिल्म भनिएपनि ‘अब्सेसन’ मा सबै डरलाग्दा दृश्य मात्र छैन, बरु अहिलेको जेन–पुस्ताबीच हुने सम्बन्धहरू र इन्टरनेटमा पुरुषहरुको समुह ‘म्यानोस्फियर’ का महिलाद्वेषी विचार र भावनाहरूमाथि कडा व्यंग्य गर्छ । कतिपय दृश्यहरू यति असहज र अनौठा छन् कि दर्शकमा एकसाथ डर र हाँसो पैदा हुन्छ ।

फिल्ममा निक्कीको भूमिका निर्वाह गरेकी अभिनेत्री इन्दे नाभेरेटको अभिनयले यतिबेला सर्वत्र प्रशंसा पाइरहेको छ । एउटी सामान्य र बचकाना स्वभावकी केटीबाट अचानक क्रुर अनुहार बनाउने, अनौठो हाउभाउ देखाउने र मध्यरातमा कोठाको अँध्यारो कुनाबाट एकटकले हेरिरहने डरलाग्दो चरित्रमा रूपान्तरण हुन नाभेरेटले गरेको मिहिनेत प्रशंसनीय छ ।

The 'Obsession' that is shaking the world, is there anything like that in the film?

‘अब्सेसन्स’ ले रेकर्डतोड व्यापार गर्नुमा फिल्मको कथा र प्रस्तुती जति महत्वपूर्ण छ, त्यति नै यसमा गरिएको सानो लगानी पनि हो । १ करोड डलर भन्दा कम बजेटको यस फिल्मले हलिउडका ठूला स्टुडियो निर्मित महंगा फिल्मको सफलतालाई पछि पारिदिएको छ । हरर जनराका फिल्मको सफलता केवल भड्किला भिजुअल इफेक्ट्सले मात्र मापन हुँदैन, बरु राम्रो लेखन, उत्कृष्ट सम्पादन र प्रकाशको सही संयोजनबाट पनि दर्शकमा डरको अनुभुती पैदा गर्न सकिन्छ भन्ने ‘अब्सेसन’ ले प्रमाणित गरिदिएको छ । हरर जनराको फिल्ममा ‘अब्सेसन’ कोशेढुंगा हुने निश्चित छ । सञ्चारमाध्यम ‘द कस्मिक सर्कस’ ले त यस फिल्मलाई वर्षकै उत्कृष्ट हरर फिल्म करार गर्दै प्रेम र सामीप्यताको भावनालाई कसरी डरलाग्दो रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा कुशलतापूर्वक देखाएको छ । 

त्यसो त समीक्षक रोजर इबर्टले यस फिल्मलाई निकै क्रूर, हिंस्रक र मनलाई नै विचलित बनाउने खालको भएको टिप्पणी पनि गरेका छन् । तर कतिपय समीक्षकले भने अहिलेका युवा पुस्ताको डर र इच्छालाई एकसाथ ऐनामा जसरी छर्लंग देखाउन निर्देशक सफल रहेको पनि लेखेका छन् । 

The 'Obsession' that is shaking the world, is there anything like that in the film?

‘द आर्ट्स फ्युज’ मा समीक्षक माइकल मोरानोले ‘अब्सेसन’ लाई सन् १९८७ को प्रसिद्ध फिल्म ‘फेटल अट्र्याक्सन’ सँग तुलना गर्दै आजका युवाको डेटिंग, यौन र सम्बन्धका डरहरुलाई सजिबताका साथ उजागर गरिदिएको बताएका छन् । बार्करको फिल्मले डेटिंग, आपसी सहमति (कन्सेन्ट) र एक्लोपनालाई एउटा दुःखद र डरलाग्दो कथामा ढाल्न सफल भएको मोरानोको तर्क छ । उनी लेख्छन्, ‘यो फिल्म डरलाग्दो मात्र छैन, बरु निकै दुःखद  पनि छ । अब्सेसनले अहिलेको जेन–जी र मिलिनियम पुस्ताका युवाको ‘फ्रेन्ड–जोन’ मा हुने डर, पट्यारलाग्दो जागिरको हैरानी र मानसिक स्वास्थ्यका पाटाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।’

त्यसैगरी, ‘द हलिउड रिपोर्टर’ ले भने यसलाई ‘पुरानै फर्मुलालाई नयाँ र ताजा रूप दिने उत्कृष्ट हरर फिल्म’ भनी समीक्षात्मक टिप्पणी गरेको छ । उक्त सञ्चारमाध्यमले ‘आफूले चाहेको कुरा पूरा हुनु सधैं राम्रो हुँदैन’ भन्ने १९०२ को प्रसिद्ध कथा ‘द मङ्किज पा’ मा आधारित युक्तिलाई ‘अब्सेसन’ ले पनि निकै रोचक र नयाँ ढंगले चरितार्थ गर्न खोजेको लेखेको छ । साथै, कतिपय अवस्थामा कथा अलि ढिलो बगे पनि यसले डर र कौतुहलतालाई अन्तिमसम्म कायम राख्न सफल भएको भन्दै ‘द हलिउड रिपोर्टर’ ले फिल्ममा दर्शकलाई जुरुक्कै उचाल्ने र जुरुंङै पार्ने केही सशक्त दृश्यहरू पनि रहेको उल्लेख गरेको छ । 

The 'Obsession' that is shaking the world, is there anything like that in the film?

‘द गार्डियन’ मा बेन्जामिन लीले ‘अब्सेसन’ लाई चार स्टार दिंदै ‘साँचो मायाको चाहना कसरी अभिशाप बन्छ भन्ने घिनलाग्दो र डरलाग्दो कथा’ यसमा प्रस्तुत गरिएको लेखेका छन् ।

समीक्षक बेन्जामिनले ‘प्रेमको जादु उल्टो पर्दा’ कस्तोसम्म आईपर्छ भन्ने अवस्थालाई फिल्मले छर्लंग पारेको उल्लेख गर्दै निर्देशकले दन्त्यकथाको शैलीमा १९८० को दशकका हरर फिल्मको स्वादलाई मिसाएर आधुनिक रूप दिएको बताएका छन् । निक्कीले बेयरलाई गर्ने असीमित माया नै पछि अत्यधिक आशक्तिमा परिणत हुँदा प्रेमिल जोडीलाई नै बिस्तारै असहृय बन्दै गएको देखाउनु नै फिल्मको सबल पक्ष रहेको बेन्जामिन मान्छन् ।

उनले प्रेमको आशक्तिमा अहिले जो कोहीले आफ्नो व्यक्तित्व गुमाएर केवल ‘रोबोट’ जस्तो बनिरहेको प्रसंगलाई फिल्मले आलंकारीक ढंगले देखाएर ‘यदि तपाईंले मन पराएको मान्छेले तपाईंलाई पाउनकै लागि आफ्नो अस्तित्व नै गुमायो भने के तपाईं उसलाई अझै माया गर्नुहुन्छ ?’ भन्ने गम्भीर प्रश्न तेर्साएको लेखेका छन् ।

The 'Obsession' that is shaking the world, is there anything like that in the film?

उता, ‘द भेराइटी’ मा समीक्षक गे लज ‘अब्सेसन’ ले आजको ‘नेटिजेन्स’ को सांस्कृतिक विचलन र पुरुषवादी हैकममाथि ठूलो व्यंग्य गरेको मान्छन् । भन्छन्, ‘जादुको छडीबाट प्राप्त गरेको निक्कीको त्यो कृत्रिम माया कुनै एआई च्याटबटसँगको सम्बन्ध भन्दा फरक छैन, जसको अन्त्य निकै भयानक र रक्तपातपूर्ण हुन्छ ।’

लिन्डा कुकले पनि यस फिल्मलाई चार स्टार दिंदै वेचैनी, निराशा र इच्छा पूरा हुँदा निम्तिने विनाशकारी परिणामका आधारित कथालाई निकै लचाखीपूर्वक निर्देशन गरिएको उल्लेख गरेका छन् । उनले पनि यस फिल्मलाई सन् १९०० को सुरुवाततिर डब्लुडब्लु जेकोब्सले लेखेको चाहना पूरा गरिदिने एउटा डरलाग्दो पन्जाको कथाको आधुनिक प्रस्तुती भनेका छन् ।

निक्कीले आफुलाई ‘संसारमै सबैभन्दा धेरै माया गरोस्’ भन्ने बियरको महत्वाकांक्षाले नै उसलाई अप्ठ्यारोमा पार्दै लगेको भन्दै समीक्षक लिन्डाले अप्रत्याशितरूपमा आउने एक दृश्यले आफुलाई अचानक चिच्याउने अवस्थामा पुर्‍याएको उल्लेख गरेकी छन् ।

एजेन्सी

Link copied successfully