तेस्रो विवाह गर्दै आमिर खान

उनले बेंग्लूरुकी ४८ वर्षिया गौरी स्प्राट्टसँग ५ जुलाईमा विवाह गर्न लागेका हुन् ।

जेष्ठ २१, २०८३

एजेन्सी

Aamir Khan getting married for the third time

नयाँ दिल्ली — बलिउड अभिनेताले तेस्रो पटक विवाह गर्ने भएका छन् । उनले बेंग्लूरुकी ४८ वर्षिया गौरी स्प्राट्टसँग ५ जुलाईमा विवाह गर्न लागेका हुन् । गौरीसँग आमिर विगत दुई वर्षदेखि डेटिंगमा थिए । गत वर्ष १४ मार्चमा आफ्नो ६० औं जन्मोत्सवमा आमिरले गौरीलाई ‘पार्टनर’ का रूपमा चिनाएका थिए । 

सात वर्षका छोराकी आमा गौरीसँग आमिरको २५ वर्षदेखिकै चिनाजानी हो । बेलायतमा जन्मेका गौरीका हजुरबा फिलिप स्प्राट्ट सन् १९२० मा भारत आएका थिए । कम्युनिष्ट पृष्ठभुमिका उनी पछि भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी भएका थिए । बेंग्लुरुमा सैलुनको चेन संचालन गर्दै आएकी गौरी अहिले भने आमिरको प्रोडक्सन ब्यानरमा समेत आबद्ध भईसकेकी छन् ।

Aamir Khan getting married for the third time

‘गौरीसँगको सम्बन्ध स्थीर महसुस गरिरहेको छु’ अस्थिर पारिवारिक सम्बन्धबाट गुज्रँदै आएका आमिरले हालै भनेका थिए, ‘गौरी र म एकअर्काप्रति निकै गम्भीर र प्रतिबद्ध छौं । उनी मेरो पार्टनर हुँदैदेखि नै हामी मनदेखि नै जोडिएका थियौं, विवाहलाई हामीले औपचारिकता दिनु अगावै हामी दम्पत्तीका रूपमा एकअर्काले महसुस गरिसकेका थियौं, यो लामो यात्राको सम्बन्ध हुनेछ ।’

आमिरले पहिलो विवाह सन् १९८६ मा रीना दत्तसँग गरेका थिए । २००२ मा सम्बन्ध विच्छेद गरेको यो जोडीका छोरा जुनैद र छोरी इरा छन् । त्यसपछि उनले सन् २००५ मा किरण रावसँग दोस्रो विवाह गरे । यो सम्बन्धबाट पनि उनिहरुका छोरा आजाद छन् । जुलाई २०२१ मा दुवैले अलग हुने घोषणा गरेका थिए । सम्बन्ध विच्छेदपछि पनि आमिरको रीना र किरण दुवैसँग साथीको रूपमा असल सम्बन्ध भने रहँदै आएको छ ।

आमिर र गौरीको विवाह दुवै परिवारका सीमित सदस्यमाझ तडकभडक नगरी आमिरकै घरमा सामान्यरूपमा हुने बताइएको छ । 

एजेन्सी

Link copied successfully