रेनिस फागो भेट्ने बित्तिकै फिल्मकर्मीले एउटै कुरा दोहोर्याउँछन्, 'मेरो फिल्मलाई चकाचक बनाइदेउ' । अर्थात् फिल्म रंगीन र उज्यालो बनाइदेउ । 'चकाचक भनेको के हो त ?' कलरिस्ट फागो फिल्मकर्मीलाई कहिलेकाहीँ सोध्ने गर्छन् । उनीहरुका मौनताले नै रंग संयोजनप्रतिको बुझाइ प्रष्ट हुन्छ । नेपाली फिल्मकर्मीको ठूलो जमात यही 'चकाचक' समूहभित्र अटाउँछ । अधिकांश नेपाली फिल्मकर्मीसँग रंग संयोजन(कलर ग्रेडिङ) को ज्ञानको अभाव देख्छन् रेनिस ।
नेपालको इतिहासबारे मिस नेपालका विजेताहरूले कत्तिको बुझेका हुन्छन् ? उनीहरूका लागि सम्पदा बुझ्नु ताज जितेसँगैको सूचीमै छ । त्यसैले यसपटकका मिस नेपालहरूले शनिबार सम्पदा क्षेत्र हेर्ने र बुझने गरेका छन् ।
कोरोना कालमा नाट्यकर्मीले डिजिटल माध्यमबाट नाटक मञ्चन गरे । फेसबुकमा लाइभ स्ट्रिमिङ गरे । रंगकर्मी अनुप बरालको प्रश्न छ,'के त्यो वास्तवमा रंगमञ्च थियो त ?' उनी डिजिटल प्लेटफर्ममा रेकर्डेड नाटक देखाउँदा रंगमञ्चको स्वरुप हराएको बताउँछन् ।
१५ वर्षअघि प्रकाशित आख्यान 'पल्पसा क्याफे' माथि नाटक बन्ने भएको छ । पत्रकार नारायण वाग्लेको पुस्तकलाई लिएर रंगकर्मी विमल सुवेदीले नाटक निर्देशन गर्दैछन् । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटकमा पल्पसाको भूमिका निभाउँदैछिन् अभिनेत्री स्वस्तिमा खड्का । 'बुलबुल'बाट अभिनयको तारिफसँगै राष्ट्रिय/अन्तर्राष्ट्रय अवार्ड बटुलेकी स्वस्तिमाको यो डेब्यु नाटक हो ।
उपत्यकाका स्थानीय तहले माघ १ गतेबाट विद्यालय खोल्ने अनुमति दिएसँगै धेरैजसो विद्यालय माघ ४ गते(आइतबार) बाट खुल्ने तयारीमा जुटेका छन् । असारबाटै अनलाइन कक्षा सुरु गरे पनि केहि विद्यालयले 'फेस टू फेस' रुपमै कक्षा सञ्चालनमा गर्दै आएका थिए ।
२ वर्ष अगाडिदेखि प्रदर्शनको अलमलमा रहेको फिल्म 'एउटा यस्तो प्रेम कहानी'बिहिबारदेखि प्रदर्शनमा आएको छ । लकडाउनपछि हलमा प्रदर्शन हुने यो पहिलो नयाँ नेपाली फिल्म हो । निर्माण घोषणादेखि यो फिल्म चर्चामा रह्यो । फिल्मका निर्मातासमेत रहेका अभिनेता शिव श्रेष्ठले यही फिल्मबाट छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरले छोरी कविता मानन्धरलाई डेब्यु गराउने भएपछि चर्चा नचल्ने कुरै भएन ।
कोरोना कहरसँगै सुरु भएको ‘वर्क फ्रम होम’ ले हामी आजित थियौँ । काम, लकडाउन अनि परीक्षामै ध्यान केन्द्रित भयो । घुम्ने योजना योजनामै सीमित भयो । परीक्षा सकिनेबित्तिकै हामीले घुम्ने जाने निधो गर्यौं ।
प्रतिलिपि अधिकार उल्लंघन गरेको मुद्दामा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रकाउ परेकी छिन् । गायक प्रमोद खरेलले गत मंगलबार विन्ध्यवासिनीले आफ्नो प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।