२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५
सहकारी अनियमितता

सूर्यदर्शनको पूरक प्रतिवेदन सार्वजनिक गर्न माग

वैशाख १८, २०८१

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको पूरक छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न पीडित बचतकर्ताले माग गरेका छन् । पोखरा महानगरपालिकाले दोस्रो चरणको वित्तीय विश्लेषणसहितको प्रतिवेदन...

केन्द्रीय सदस्य कार्कीले लामिछानेलाई भने- सहकारीको विषयमा 'जस्तो कसीमा जाँचिनुपर्ने हो तयार होऔं'

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सहकारीको विषयमा 'जस्तो कसिमा जाँचिनु पर्ने हो, जाचिँन तयार होऔं' भन्दै सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् । 

रवि लामिछानेको वतन खुलाऊ

सहकारीको रकम अपचलनमा अनुसन्धान गरिरहेको प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको नाम, रकम, मिति र कैफियतसहितको प्रतिवेदन तयार पारेपछि यो विषय अब नयाँ अध्यायमा प्रवेश गरेको छ ।

बचतकर्ता सडकमा, गैरकानुनी ऋण लिने लामिछाने सत्तामा

बुटवलस्थित सुप्रिम सहकारीका बचतकर्ताहरूले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न र उनका व्यापारिक साझेदार तथा सहकारी ठगीका मुख्य नाइके गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले राई र लामिछानेसहितले ‘प्रक्रिया पूरा नगरी’ करिब १४ करोड गोर्खा मिडियामा सारेको किटान गरे पनि प्रतिवादीको सूचीबाट लामिछानेको नाम हटाएपछि बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् ।

सहकारीको रकम अपचलनबारे गृहमन्त्रीको स्पष्टीकरण : 'मैले ऋण लिएको छैन, मेरो नाम लेखिएको मात्रै हो'

बुटवलको सुप्रिम सहकारीको बचत रकममा नेपाल प्रहरीले बनाएको प्रतिवेदनकै खण्डन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले ऋण नलिएको दाबी गरेका छन् । लामिछानेले सहकारीबाट ऋण लिँदा आफ्नो नाम मात्रै लेखिएको तर सञ्चारमाध्यमले तथ्य बंग्याएको आरोप लगाएका छन् । 

सुप्रिम सहकारीपीडितद्वारा गृहमन्त्री लामिछानेमाथि छानबिन माग

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले रकम अपचलनमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार बुटवलमा प्रदर्शन गरेका छन् ।

लामिछानेले सहकारीको रकम अपचलन गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि, सत्ताको बलमा उन्मुक्ति

सहकारीमा सञ्चालक, सदस्य, बचतकर्ता र ऋणीसमेत नरहेको भन्ने दाबी गर्दै आएका गृहमन्त्री रवि लामिछानेले गैरकानुनी रूपमा सहकारीको रकम लिएको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको छ ।

सुप्रिम सहकारीबाट गृहमन्त्री लामिछानेले गैरकानूनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको पुष्टि

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएको छ । रुपन्देही जिल्ला प्रहरी कार्यलयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको उल्लेख छ ।

सुप्रिम सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी

रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । बचतकर्ताले आफ्नो रकम हिनामिना भएको जनाउँदै उजुरी दर्ता गराएपछि प्रहरीले एक महिनाभन्दा लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । 

कांग्रेसले कसैलाई दोषी करार गरेको छैन, छानविनको माग गरेको हो : सांसद खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सहकारी ठगी प्रकरणमा कांग्रेसले कसैलाई दोषी करार नगरेको दाबी गरेका छन् । उनले कांग्र‍ेसले ठगीको आरोप लागेकाहरुमाथि छानविन गर्न संसदीय समिति गठन मात्रै आफूहरुको माग रहेको बताए । 

गृहमन्त्री-पत्नी उपाध्यक्ष रहेको सहकारीमा महानगरको अनुगमन

सहकारीको रकम अपचलनमा देशैभरि प्रश्न उठिरहेका बेला काठमाडौं महानगरले पनि अनुगमन तथा अनुसन्धान थालेको छ । बुधबार महानगरको टोलीले ‘साई स्वागत बचत तथा ऋण सहकारी’ बाट दस्ताबेज संकलन गर्दै पदाधिकारीको बयान पनि लिएको छ । यो सहकारीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेका बेला उनले बिनाधितो ५० लाखको कारोबार गरेको तथ्य भेटिएको महानगरको टोलीको दाबी छ । 

ऊर्जामन्त्री बस्नेत र श्रममन्त्री अर्याल आबद्ध सहकारीमा पनि बचत अपचलन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं श्रममन्त्री डोलप्रसाद (डीपी) अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सहकारीको बचत अपचलनमा मुछिएका छन् । काठमाडौंमा कार्यालय रहेको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा डेढ वर्षअघिसम्म अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक थिए, त्यही अवधिदेखि नै सहकारीले रकम फिर्ता नदिएको भन्दै पीडितले सरकार गुहारेका छन् । 

गृहमन्त्रीलाई कांग्रेसले भन्यो : सहकारी अनियमितताको संसदीय छानबिन तपाईंकै हितमा हुन्छ

प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीमा जम्मा गरिएको बचतकर्ताको रकम हिनामिनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग जारी राखेको छ ।

सहकारी ठगीबारे प्रधानमन्त्री र प्रहरी प्रमुखको जवाफले संशय पैदा भयो : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने माग गरेको छ ।

सहकारी ठगीमा मेरो नाम आयो भन्ने छ, नामबाहेक केही छैन : गृहमन्त्री लामिछाने

उपप्राधन तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा आफ्नो कुनै संलग्नता नभएको प्रस्टीकरण दिएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लामिछानेले सहकारीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नरहेको बताए । 

सहकारीको निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन्न : सांसद जबरा

मुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागि सहकारीको समस्या समाधान गर्नुपर्ने कांग्रेस सांसद उदयशमशेर जबराले बताएका छन् । उनले नेपालको अर्थतन्त्र चलायमान नहुँदा मुलुक मन्दीमा जाने स्थिति रहेको पनि बताएका छन् । 

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागमा कांग्रेस अडिग

प्रमुख प्रतिपक्ष दल कांग्रेसले सूर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत राखेको छ । 

गृहमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने कांग्रेसको माग

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रतिरक्षामा सत्तापक्ष उत्रिएपछि प्रमुख प्रतिपक्ष कांग्रेस थप आक्रामक बनेको छ । सहकारी ठगीमा लामिछानेको संलग्नता पुष्टि हुने कुनै प्रमाण नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार संसद्को रोस्ट्रमबाटै प्रतिरक्षा गरेपछि असन्तुष्ट कांग्रेसले विकल्पमा संसदीय छानबिन समितिको माग अघि सारेको छ । तर यसमा सत्ता गठबन्धन भने सकारात्मक देखिएको छैन । 

सहकारी रकम हिनामिनामा गृहमन्त्रीको संलग्नता छैन : प्रधानमन्त्री

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको रकम हिनामिना गरेको आरोप लागेका र प्रहरीमा उजुरीसमेत परेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ मागेको छ । प्रधानमन्त्री दाहालले भने सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेको कुनै संलग्नता नदेखिएको जवाफ दिएका छन् ।