१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३
कतारका अमिरको नेपाल भ्रमण

भैरहवा र पोखराबाट दोहा उडान गर्न कतारी अमिरलाई प्रधानमन्त्रीको आग्रह

वैशाख १२, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहालले कतार सरकारलाई भैरहवा नी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् । बुधबार कतारी अमिर शेख तमिम बिल हमाद अल थानीसँगको  द्विपक्षीय वार्ताका क्रममा प्रधा...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा मंगलबार साँझ यहाँ रात्रिभोजको आयोजना गरे । उक्त अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । 

राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेल-कतारका अमिरबीच भेटवार्ता : जलवायु परिवर्तन र दुईपक्षीय सम्बन्धबारे छलफल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् ।

कतारका अमिर नेपालमा [तस्बिरहरु]

मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा मंगलबार अपराह्न काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरे ।

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतलनिवासमा भेटवार्ता 

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता चलिरहेको छ । भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ । 

कतारका अमिर काठमाडौं ओर्लिए

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनको विमान ३ :४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको छ ।

कतारी अमिरको भम्रण : दुईटा बिजनेस जेटसहित चार विमान काठमाडौंमा

दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको बिजनेस जेट (भीभीआईपी) विमान मंगलागिरहेछ बार ढाकाबाट ५ बजेअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज यहाँ आउँदै छन् । 

कतारका अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने  

नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल पुगेर स्वागत गर्ने छन् ।

 कतारका अमिरको नेपाल भ्रमण :  कतारलाई २ हात्ती उपहार दिइने  

अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने राजकीय भ्रमणका दौरान नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिने भएको छ ।

कतारी राजाको सम्मानमा एक दिन सार्वजनिक बिदा

राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउने भएपछि नेपाल सरकारले उनको सम्मानमा एक दिन सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विपिनका बुबाआमाको आग्रह– ‘कतारी अमिरसँग छोराको रिहाइको विषय उठाइयोस्’

कञ्चनपुरका विपिन जोशीका आमाबुबाले नेपाल भ्रमणका क्रममा मंगलबार आउँदै गरेका कतारका राष्ट्र प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीसँग छोराको रिहाइको विषय उठाइदिन सरकारसँग आग्रह गरेका छन् । विपिन सात महिनादेखि प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा छन् ।

भोलि नेपाल आउँदै कतारी राजा

राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ ।

कतारी अमिरको नेपाल भ्रमणमा विपिनको रिहाइबारे कुरा गर्छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाइका लागि अवाश्यक पहल भइरहेको बताएका छन् । उनले कतारी राजा अमिरको आसन्न नेपाल भ्रमणका क्रममा पनि यो विषयलाई प्राथमिकताका साथ उठाउने आश्वासन दिए ।  

कतारी अमिरको भ्रमण र अपेक्षा 

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भयो । सन् २००० मा कतारमा नेपालको दूतावास खुलेको थियो भने कतारले सन् २०११ मा दूतावास स्थापना गर्‍यो । तत्कालीन राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीबाट कतारको भ्रमण भइसकेको छ ।

वैशाख १२ देखि दुईदिने नेपाल भ्रमणमा आउँदै कतारी अमिर अलथानी

नेपालले कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल–थानीको भ्रमणमा नयाँ श्रम सम्झौता गर्न कतारसँग प्रस्ताव राखेको छ । उनी वैशाख १२–१३ मा नेपाल भ्रमणमा आउन लागेका हुन् । श्रम मन्त्रालयका अनुसार सम्झौताका लागि आवश्यक तयारी पूरा भइसकेको छ । 

कतारी अमिरको भ्रमणमा नयाँ श्रम सम्झौता गर्न नेपालको प्रस्ताव

नेपालले कतारका अमिर शेख तमिम बिन हमाद अल–थानीको आसन्न भ्रमणमा नयाँ श्रम सम्झौता गर्न कतारसँग प्रस्ताव राखेको छ । नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको हो ।  

कतारी लगानीकर्ता नेपालमा लगानी गर्न सकारात्मक

कतारका लगानीकर्ताहरू नेपालमा लगानी गर्न सकारात्मक देखिएका छन् । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल र कतार फाइनान्सियल सेन्टर (क्यूएफसी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) युसुफ मोहम्मद अल जाइदासँग भएको द्विपक्षीय भेटमा कतारी लगानीकर्ता नेपालमा लगानी गर्न सकारात्मक भएका हुन् ।