१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३५
लगानी सम्मेलन-२०८१

सकियो लगानी सम्मेलन, साढे ६ अर्ब रुपैयाँको लगानी सम्झौता

वैशाख १८, २०८१

मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सकिएको छ । सम्मेलनमा तीन परियोजनामा लगानी र ७ वटा विविध सहकार्यसम्बन्धी सम्झौता भएको लगानी बोर्डले जन...

विदेशी लगानीलाई सरकार र निजी क्षेत्रको संयुक्त आमन्त्रण

पचासभन्दा बढी मुलुकका २ हजार २ सयभन्दा बढी प्रतिनिधिहरूसामु नेपालका सत्तापक्ष र प्रतिपक्ष दुवैले देशमा लगानीमैत्री वातावरण सिर्जना भएको उल्लेख गर्दै नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि आकर्षक गन्तव्य भएको संयुक्त रूपमा बताएका छन् । 

विश्व नेपाली जनताको साथमा हुनुपर्छ : यूएनकी आवासीय संयोजक हम्दी

नेपालमा संयुक्त राष्ट्र संघीय (यूएन) आवासीय संयोजक हाना सिंगर हम्दी नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै सिंगो विश्वनै नेपाली जनताको साथमा हुनु पर्ने बताएकी छन् ।

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रेरित गछौँ : सीआईडीसीएका प्रमुख लुओ

चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सी (सीआईडीसीए) का प्रमुख लुओ झाओहुईले नेपालमा लगानी गर्नको लागि चिनियाँ लगानीकर्तालाई प्रेरित गर्ने बताएका छन् ।

नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी गर्न अमेरिका तयार : अमेरिकी राजदूत थम्प्सन  

अमेरिकी राजदूत डिन आर. थम्प्सनले नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी गर्न अमेरिका तयार रहेको बताएका छन् ।

भारत नेपालको विकास यात्रामा विश्वासनीय साथी : भारतका वाणिज्यमन्त्री पियुष गोयल

भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले भारत नेपालको विकास यात्रामा विश्वासनीय साथी रहेका बताएका छन् ।

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन् : पूर्वप्रधानमन्त्री देउवा

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् ।

लगानी सम्मेलनमा दुई वटा सम्झौता

तेस्रो लगानी सम्मेलनको पहिलो दिन दुई वटा विषयमा सम्झौता भएको छ । आज काठमाडौंमा आयोजित तेस्रो लगानी सम्मेलनमा दुई वटा सम्झौता भएको हो ।

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । 

राष्ट्रपति पौडेलले गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार 'लगानी सहजकीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१' जारी गरेका हुन् । 

मे १ देखि नेपालीलाई नियमित चिनियाँ भिसा नि:शुल्क

चीनले आगामी मे १ देखि नेपाली नागरिकलाई नियमित भिसा नि:शुल्क दिने भएको छ । चिनियाँ दूतावासले आइतबार बिहान एक सूचना जारी गर्दै नियमितर्फको भिसा नि: शुल्क गरेको जनाएको हो । एक्सप्रेस-२ र एक्प्रेस-१ भिसाका लागि भने क्रमश: २ हजार ७ सय र ४ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै समूहतर्फ एक्सप्रेस-२ र एक्प्रेस-१ भिसा क्रमश: १ हजार ३ सय ५० र २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

नेपालका अवसरमा लगानी गर्नुस्, हामी सहकार्य गर्छौं : अध्यक्ष ढकाल 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताए । 

सुरु भयो तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका हुन् । 

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गतव्य बनेको छ : अर्थमन्त्री पुन 

अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको  आकर्षक गन्तव्य बनेको बताएका छन् । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटनसत्रमा लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए ।

लगानी सम्मेलन आजदेखि : १ सय ५० परियोजना सोकेसमा

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आइतबार सुरु हुँदै छ । सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने नेपाल लगानी बोर्डले जनाएको छ ।

लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन आवश्यक पर्छ : पूर्वमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन संशोधन र नयाँ कानुन आवश्यक रहेको बताएका छन् ।  आइतबारदेखि यहाँ सुरु हुन लागेको दुईदिने लगानी सम्मेलनको पूर्वसन्ध्यामा खतिवडाले भने, 'सबै कानुन बनाउन सकिएको छैन, आवश्यक बाँकी कानुन बनाउनुपर्छ । ठूला आयोजना सञ्चालनमा लागि लगानी बोर्डको क्षमता बढाउनुपर्ने छ । एकद्वार प्रणालीलाई साँच्चै व्यवहारमा लागू गर्नुपर्छ ।'

लगानी सम्मेलनमा ५२ मुलुकका ६३४ लगानीकर्ता आउँदै

आगामी साता काठमाडौंमा हुने तेस्रो लगानी सम्मेलनमा ५२ मुलुकका ६३४ जना लगानीकर्ता तथा सरोकारवाला विदेशी अधिकारी सहभागी हुने भएका छन् । सम्मेलनमा ३८५ नेपाली व्यवसायी तथा लगानीकर्ता पनि सहभागी हुने लगानी बोर्डले जनाएको छ । 

लगानी सम्मेलनमा 'सोकेस'मा राखिने परियोजनाको सूची स्वीकृत

लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ । सोमबार बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राख्नका लागि स्वीकृत गरेको हो ।

लगानी सम्मेलनको ‘सोकेस’ मा १४८ परियोजना राखिदिन सरकारलाई प्रस्ताव

आगामी साता हुने लगानी सम्मेलनमा संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रका गरी १ सय ४८ परियोजना सोकेसमा राखिदिन भन्दै सरकारसमक्ष प्रस्ताव परेको छ । यसमध्ये निजी क्षेत्रका ३१ परियोजना छन् भने तीन तहका सरकार सम्मिलित परियोजना ११७ वटा रहेको लगानी बोर्डले जनाएको छ ।