२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

लखनऊलाई हराएर कोलकाता शीर्ष स्थानमा

काठमाडौँ — उत्कृष्ट प्रदर्शन गरिरहेका सुनील नारायणले ३९ बलमा ८१ रन बनाएपछि कोलकाता नाइट राइडर्सले आइतबार लखनऊ सुपर जायन्ट्सलाई ९८ रनले पराजित गरेको छ । यो जितसँगै कोलकाता अंकतालिकाको शीर्षमा पनि उक्लेको छ ।

लखनऊलाई हराएर कोलकाता शीर्ष स्थानमा

नारायणले ६ चौका र ७ छक्का प्रहार गरे । कोलकाताले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २ सय ३५ रन बनायो । दुई पल्टको च्याम्पियन कोलकाताले लखनऊलाई १६.१ ओभरमा १ सय ३७ रनमा नै अलआउट गर्‍यो ।

कोलकाताको यो ११ औं खेलमा आठौँ जित हो र उसको प्ले–अफ सम्भावना निश्चित जस्तै भइसकेको छ । दोस्रो स्थानमा झरेको राजस्थान रोयल्सले कोलकाताको तुलनामा एक खेल कम खेलेको छ ।


प्रकाशित : वैशाख २४, २०८१ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?