कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

एटीएफ यू–१२ टिम टेनिस च्याम्पियनसिप हुने

काठमाडौँ — नेपाल टेनिस संघको आयोजनामा दक्षिण एसियाली क्षेत्रीय छनोट प्रतियोगिता एटीएफ यू–१२ टिम टेनिस सोमबार सुरु हुनेछ ।

ब्वाइजमा ७ तथा गर्ल्समा ५ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्य तथा प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

ब्वाइजमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटान सहभागी हुनेछ । गर्ल्समा पाकिस्तान र भुटानबाहेक अन्य टिमको सहभागिता रहनेछ ।

नेपालबाट ब्वाइजमा निश्चल ज्ञवाली, विश्वविशेष डल्लाकोटी र सहनवाज आलमले प्रतिस्पर्धा गर्नेछन् । गर्ल्समा अनुश्री धोजु, सारा पन्त र आयुशा जिसीले खेल्नेछन् । प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य (ब्वाइज) तथा कान्छा खड्गे (गर्ल्स) छन् ।

एक टिममा ३ खेलाडी रहनेछ । टिममा २ सिंगल्स र एक डबल्स खेल हुनेछ । ब्वाइज/गर्ल्स दुवैमा फाइनल पुग्ने दुई राष्ट्र काजकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यू–१२ टिम प्रतियोगितालाई छनोट हुने निर्देशक विष्टले जानकारी गराए । शुक्रबारसम्म चल्ने प्रतियोगिताका खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

प्रकाशित : जेष्ठ ५, २०८१ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x