कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

वाग्मतीमा भागबण्डा मिलाउन विशेषाधिकार समिति गठन

सुवास विडारी

मकवानपुर — ठूला दललाई संसदीय समिति सभापतिको भागबण्डा मिलाउन वाग्मती प्रदेशमा विशेषाधिकार समिति गठन गरिएको छ । 

वाग्मतीमा भागबण्डा मिलाउन विशेषाधिकार समिति गठन

शनिबार बसेको प्रदेशसभा बैठकले विशेषाधिकार समिति गठन गरेको हो । दलको सहमतिअनुसार यस समितिको नेतृत्व नेकपा एमालेले गर्नेछ । समितिको निर्वाचन तालिका सार्वजनिक भइसकेको छ । तालिकाअनुसार सोमबार समितिले नेतृत्व प्राप्त गरिसक्नेछ ।

प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालको प्रस्तावमा उक्त समिति गठन गरेको हो । संविधानको धारा ८३ तथा प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम १६७ उपनियम (१) बमोजिम प्रमुख सचेतक ढकालले समिति गठन गर्न सदनमा प्रस्ताव पेस गरेका थिए ।

ढकालको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस प्रदेश संसदीय दलका मुख्य सचेतक गोविन्द लम्साल, एमाले संसदीय दलका सचेतक मधुसूदन पौडेल, राप्रपा संसदीय दलकी सचेतक कुमारी तामाङ र नेकपा (एस) संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले समर्थन गरेका थिए ।

बैठकले समितिका १७ सदस्यको नाम अनुमोदनसमेत गरेको छ । प्रदेशसभा बैठक जेठ ६ गते ११ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित : जेष्ठ ५, २०८१ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x