कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

काठमाडौं महानगर मेयर कप विजेता

ललितपुर — काठमाडौं महानगरपालिकाले शनिबार प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

काठमाडौं महानगर मेयर कप विजेता

गोदावरी नगरपालिकाको आयोजनामा गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार सम्पन्न फाइनलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोलले हराएर काठमाडौं महानगरले उपाधि उचाल्यो । काठमाडौंबाट अखिलेश कार्की र दीपेश श्रेष्ठले १–१ गोल गरे ।

काठमाडौंले ५ लाख र चन्द्रागिरिले ३ लाख रुपैयाँ पुरस्कार जितेका थिए । फाइनलमा म्यान अफ द म्याच काठमाडौंका अखिलेश भए ।

सर्वोत्कृष्ट खेलाडी काठमाडौंका एरिक विष्ट भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए । फेयर प्ले ट्रफीसहित महालक्ष्मी नगरपालिकाले ५० हजार पायो । सर्वाधिक गोलकर्ता कीर्तिपुरका यमन मर्हजन भए । उनले ६ गोल गरेका थिए । इमर्जिङ प्लेयर गोदावरी बी टिमका पासाङ तामाङ भए । उत्कृष्ट गोलरक्षक काठमाडौंका सुदीप गिरी चुनिए । उत्कृष्ट डिफेन्डर चन्द्रागिरिका साहिल राना र उत्कृष्ट प्रशिक्षक काठमाडौंका प्रशिक्षक सन्तोष न्यौपाने भए । विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ पाए ।


प्रकाशित : जेष्ठ ५, २०८१ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×