कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

लिस्नु कपमा सम्पूर्णको जित

भाद्र २२, २०८१
लिस्नु कपमा सम्पूर्णको जित

भैरहवा — लिस्नु नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब तिलोत्तमाले देवदह ब्वाइज खैरेनी रूपन्देहीलाई ५–० ले पराजित गरेको छ । प्रतियोगिताको २२ औं सस्करण शनिबार तिलोत्तमा–१५ कोटिहवास्थित पशुपति माविको मैदानमा सुरु भएको हो ।

सम्पूर्णका खेलाडी सिर्जन गौतमले ह्याट्रिक गर्दा कप्तान पूर्णबहादुर गुरुङले २ गोल गरे । सिर्जनले मध्यान्तरअघि १ र दोस्रो हाफमा २ गोल गरे । पूर्णले दुवै हाफमा १–१ गोल गरे । विजेताले ३ लाख २५ हजार र उपविजतोले १ लाख ६५ हजार पुरस्कार पाउनेछन् ।

रूपन्देही, कपिलवस्तु, स्याङ्जा, पाल्पा र नवलपरासीका गरी १२ टिमको सहभागिता रहने आयोजक लिस्नु युवा क्लबका अध्यक्ष तीर्थराज मल्लले जनाए । आइतबार सञ्जीवनी युवा क्लब तिलोत्तमा–१४ र नवलपरासी–११ बीच प्रतिस्पर्धा हुने संयोजक कृष्ण गुरुङले बताए । प्रतियोगिताको उद्घाटन सांसद छविलाल विश्वकर्माले गरे ।

प्रकाशित : भाद्र २२, २०८१ २१:४२
×