कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

वडा फुटसल भोलिदेखि

भाद्र ३१, २०८१

काठमाडौँ — दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता मंगलबार सुरु हुने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. २३ को आयोजनामा प्रतियोगिता असोज १ देखि ९ सम्म लैनचौर फुटसल मैदानमा हुनेछ । प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रसहित ३१ वडाको सहभागिता रहनेछ ।

उद्घाटन खेल काठमाडौं महानगरपालिका र आयोजक वडा २३ बीच हुनेछ । आयोजक वडा २३ का अध्यक्ष मचाराजा महर्जनले आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपालमा फुटसलको व्यावसायिक प्रवर्द्धनमा योगदान गर्न र यसको माध्यमबाट खेलप्रति आम नागरिक र युवा वर्गलाई प्रेरित गराउन वडास्तरबाटै यो फुटबल प्रतियोगितको आयोजना गर्न लागेको बताए ।

नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपैयाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित : भाद्र ३१, २०८१ ०६:५६
x
×