कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

एनएसए कप पौडी असोज दोस्रो साता

आश्विन २, २०८१
एनएसए कप पौडी असोज दोस्रो साता

काठमाडौँ — नेपाल पौडी संघको आयोजनामा १२ औं एनएसए कप पौडी प्रतियोगिता असोज १३ र १४ गत हुने भएको छ । 

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा हुने प्रतियोगितामा खुला महिला/पुरुषसहित विभिन्न उमेर समूहका ७२ इभेन्टमा प्रतिस्पर्धा हुने पौडी संघले जनाएको छ ।

संघका अनुसार प्रतियोगितामा ३ सय ५० खेलाडीको सहभागिता रहनेछ । खुला तथा हरेक उमेर समूहका उत्कृष्ट एक–एक महिला/पुरुष खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हालको राष्ट्रिय कीर्तिमानमा १ सेकेन्डभन्दा कम अन्तरको नयाँ कीर्तिमान भए ५ हजार, १ देखि ३ सेकेन्डसम्म १० हजार र ३ सेकेन्डभन्दा बढी भए २० हजार रुपैयाँ प्रदान गरिने संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी गराए । यसभन्दा अघि राष्ट्रिय कीर्तिमान कायम हुँदा ५ हजारमात्र दिइने गरेको जानकारी गराइयो ।

संघले यही प्रतियोगितासँगै ओलम्पिकमा खेलेका पौडीवाजलाई हरेक पटक एक–एक जनालाई नगदसहित सम्मान गर्ने परम्परा सुरु गर्ने जनाएको छ ।

अध्यक्ष श्रेष्ठले एनएसए कपको मुख्य उद्देश्य पौडी खेलाडीको प्रतिभा पहिचान, खेलाडीको मनोबल बढाउने, पौडी सबैका लागि भन्ने मान्यता स्थापित गर्ने, विभिन्न उमेर समूहमा पौडीको पहुँच पुर्‍याउने रहेको बताए । प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट पनि गरिने जनाइएको छ ।

प्रकाशित : आश्विन २, २०८१ २०:३०
x
×