कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

अर्की रुसी खेलाडीले गण्डकीबाट खेल्ने

आश्विन ३, २०८१
अर्की रुसी खेलाडीले गण्डकीबाट खेल्ने

काठमाडौँ — रसियाकी एकातोरिना जुभ्यागिन्त्सेभाले गण्डकी थन्डर्सबाट वात्सल्य एभरेस्ट महिला भलिबल लिग खेल्ने भएकी छन् । गण्डकीले आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा उनलाई अनुबन्ध गरेको हो ।

एकातोरिना रसियाको घरेलु लिगमा परिचित अनुहार हुन् । उनले रसिया र मंगोलियामा हुने घरेलु प्रतियोगिता खेलेकी छन् । उनले नेपालमा भलिबल खेल्न आउन पाउनु आफ्नो लागि खुसीको विषय भएको बताएको क्लबले विज्ञप्तिमार्फत जनाएको छ । उनले भनिन्, ‘नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न आउन पाउँदा मलाई खुसी लागेको छ । छिटै कोर्टमा भेट हुनेछ ।’

एकातोरिनाले दुई सिजन सन् २०१७ र ०१८ मा यू–२० रसियन लिग खेलेकी छन् । उनले सन् २०२३–२४ मा मंगोलियन प्रिमियर लिग खेलेकी छन् ।

गण्डकीले यसअघि भारतकी शिल्पा सिन्धु र रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो । गण्डकीले अझै एक खेलाडी अनुबन्ध गर्ने लक्ष्य बनाएको छ ।

तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेपछि टिमका प्रबन्धक विकास खेतानले तीन विदेशी खेलाडी टिममा रहँदा गण्डकी बलियो भएको बताए ।

प्रकाशित : आश्विन ३, २०८१ १८:०७
×