कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

पाराओलम्पिक पदक विजेता पलेशालाई एनसेलद्वारा १० लाख पुरस्कार

आश्विन ३, २०८१
पाराओलम्पिक पदक विजेता पलेशालाई एनसेलद्वारा १० लाख पुरस्कार

काठमाडौँ — दूरसञ्चार सेवा प्रदायक एनसेलले हालै स्थापना गरेको एनसेल फाउन्डेसनमार्फत पेरिस पारालिम्पिकमा पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई सम्मानस्वरुप १० लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।

राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिकमा कास्य पदक जितेकी पलेशासहित सहभागी ५ सदस्यीय टोलीलाई नगद पुरस्कार दिएको हो ।

कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको जनाएको छ । पलेशाका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले ३ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रकाशित : आश्विन ३, २०८१ २०:१३
×