कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पलेशालाई प्रदेश सरकारको सम्मान

आश्विन ३, २०८१
पलेशालाई प्रदेश सरकारको सम्मान

मकवानपुर — वाग्मती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक दिलाएकी पलेशा गोवर्धनलाई १० लाख रुपैयाँसहित सम्मान गरेको छ । बिहीबार  संविधान दिवसको अवसरमा हेटौंडामा बजार परिक्रमासहित कांस्य पदक विजेता पलेशालाई सम्मानित गरिएको हो ।

पलेशासहित १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाखसहित सम्मानित गरेको हो । पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ वाग्मती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो ।

एरिकाले एसियाडमा महिला ६८ केजी तौल समूहमा ऐतिहासिक रजत जितेकी थिइन् । प्रदेश सरकारले उनका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ वाग्मती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरेको हो ।

उनीहरुलाई वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, खेलकुद मन्त्री मिनकृस्ण महर्जनले सम्मान पत्र एवम् नगद हस्तान्तरण गरेका थिए ।

सम्मान कार्यक्रममा आर्थिक मामिला तथा कानुन मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले खेलकुदको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

एरिका र कुशलसहित नेपाली कराते टोली अहिले एसियाली च्याम्पियनसिप खेल्न चीन पुगेका छन् ।

प्रकाशित : आश्विन ३, २०८१ १२:३४
×