आफूहरूलाई सुकुम्बासी बनाउने गरी मकवानपुरको हेटौंडादेखि नुवाकोटको बेलकोटगढी नगरपालिकाको सव–स्टेसनसम्म जोड्ने गरी प्रसारण लाइन विस्तार गर्न लागेको भन्दै स्थानीयहरूले विरोध गरेका छन् ।
निर्माणाधीन विश्वविद्यालय भवनको विषयलाई लिएर कृषि तथा वन विश्वविद्यालय (एएफयू) र त्रिभुवन विश्वविद्यालय (टीयू) बीच पुन: विवाद उत्पन्न भएको छ । दुवै विश्वविद्यालयले हेटौंडा–१० मा वनविज्ञान विज्ञान संकाय सञ्चालन गरिरहेको स्थानमा प्रदेश सरकारको १० करोड लगानीमा बन्न लागेको भवनलाई लिएर पुन: विवाद देखिएको हो ।
मकवानपुर जिल्लाका प्रतिनिधिसभाका दुई सांसदले पूर्वाधार विकास साझेदारी कार्यक्रमको करिब दुई तिहाइ बजेट सडक निर्माण र मर्मतका लागि विनियोजन गरेका छन् । सम्बन्धित निर्वाचन क्षेत्रका सांसदमार्फत योजना छनोट गर्ने गरी दिइएको पूर्वाधार विकास साझेदारी कार्यक्रमको चालू आर्थिक वर्षको बजेट सडक निर्माण तथा सुधारमै केन्द्रित गरिएको छ ।
प्रदेश ३ मा लोकसेवा आयोग गठन भएको छ । आयोगको गठनसँगै कर्मचारी भर्ना गर्ने बाटो खुला भए पनि आयोगले यस वर्ष कर्मचारी भर्नाको निम्ति विज्ञापन गर्न पाउने अवस्था छैन ।
प्रदेश ३ लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले सोमबार पदभार सम्हालेका छन् । आयोगका अध्यक्ष श्रेष्ठलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले पद तथा गोपनियताको सपथ गराएका थिए ।
बजेट अधिवेशन सकिएर स्थगित भएको प्रदेश–३ प्रदेशसभाको अर्को अधिवेशन दुई महिना बितिसक्दा पनि आह्वान हुन सकेको छैन । भदौ २५ गते बजेट अधिवेशन सकिएपछि प्रदेशसभा बैठक स्थगित भएको थियो । बिजनेस अभावमा लामो समय बस्न नसकेको बैठक प्रदेशको स्थायी राजधानी र नामकरणको विषयले अझ ढिलाइ हुने देखिएको छ ।