बागमती प्रदेशले ल्यायो ६७ अर्बको बजेट

चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ अर्थात् कुल बजेटको ३४.३१ प्रतिशत रकम

असार १, २०८३

सुवास विडारी

Bagmati Province brings in Rs 67 billion budget

मकवानपुर — बागमती प्रदेश सकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको कुल बजेट पेस गरिएको छ।

सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ ​प्रस्तावित कुल विनियोजित बजेटमध्ये चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ अर्थात् कुल बजेटको ३४.३१ प्रतिशत छुट्याएका हुन् । पुँजीगततर्फ कुल विनियोजन बजेटमध्ये ६५.६९ प्रतिशत अर्थात् ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ रहेको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री तामाङले खर्च बेहोर्ने स्रोतहरूमध्ये ​कर राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख ६८ हजार रुपैयाँ, ​अन्य राजस्वबाट ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार रुपैयाँ, ​सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने बताए । 

त्यस्तै ​चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत तथा विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार रुपैयाँ बेहोरिने विवरण मन्त्री तामाङले सदनमा पेस गरेका छन् । उनले बाँकी रकम अन्य संस्थाबाट ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully