चितवनद्वारा मकवानपुर ५७ रनले पराजित

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले १०५ रन बनाएको थियो। १०६ रनको लक्ष्य पछ्याएको मकवानपुर ४ विकेट गुमाउँदै ५२ रनमै सीमित भयो।

जेष्ठ १७, २०८३

सुवास विडारी

Chitwan defeated Makawanpur by 57 runs

मकवानपुर — हेटौंडा-६ स्थित गौरीटार क्रिकेट मैदानमा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा चितवनले मकवानपुरलाई ५७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेट गुमाउँदै १०५ रन बनाएको थियो। चितवनका लागि प्रतिक श्रेष्ठले १३ बलमा ४ चौका र ३ छक्कासहित आक्रामक ४० रन बनाए भने प्रसन्न न्यौपानेले ६ बलमा २४ रनको योगदान दिए। पवन थापाले २१ रन र सूर्यांशु कोइरालाले ९ रन जोडे।

१०६ रनको लक्ष्य पछ्याएको मकवानपुरको ब्याटिङ लाइनअप चितवनका बलरसामु टिक्न सकेन। मकवानपुर ४ विकेट गुमाउँदै मात्र ५२ रनमै सीमित भयो। गोकुल अधिकारीले सर्वाधिक १७ रन तथा विशाल भुसालले १३ रन बनाए। चितवनका प्रतीक श्रेष्ठले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए। क्रिजन गुरुङले १ विकेट हात पारे।

ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका प्रतीक श्रेष्ठ ‘प्लेयर अफ दी म्याच’ घोषित भए । ६ जिल्ला सहभागी प्रतियोगिताको फाइनल जेठ २६ गते हुनेछ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully