घटनाको अनुसन्धानका क्रममा प्रहरीले रामेछाप हिमागंगा गाउँपालिका–४ स्थायी घर भई हाल हेटौँडा–१५ फारलाइन बस्दै आएका २५ वर्षीय मनोज पुलामी मगरलाई नियन्त्रणमा लिएको हो ।
मकवानपुर — मकवानपुर प्रहरीले चोरीमा संलग्न एक फरार कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार १० गते हेटौंडा उपमहानगरपालिका–७, क्याम्पडाँडास्थित कृष्णप्रसाद गौतमको घरमा कोही नभएको बेला ढोका फुटाई करिब १ तोला सुन, २५.५ तोला चाँदी (१५ वटा सिक्का) र नगद ४ लाख रुपैयाँ चोरी भएको थियो ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले रामेछाप हिमागंगा गाउँपालिका–४ स्थायी घर भई हाल हेटौँडा–१५ फारलाइन बस्दै आएका २५ वर्षीय मनोज पुलामी मगरलाई नियन्त्रणमा लिएको हो । उनको कोठामा खानतलासी गर्दा चोरीका चाँदीका सिक्का, सुनजस्ता गरगहना, अन्य बहुमूल्य सामान तथा नगद बरामद भएको प्रहरीले जनाएको छ ।
सोधपुछका क्रममा पुलामी जेन–जी आन्दोलनका बेला भीमफेदी कारागारबाट फरार भएका कैदीसमेत रहेको खुलेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले सर्वसाधारणलाई घरमा धेरै नगद तथा गरगहना नराख्न, घर खाली छाड्दा छिमेकी वा आफन्तलाई जानकारी गराउन तथा सकेसम्म सीसीटीभी जडान गर्न अनुरोध गरेको छ।
