नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान तथा प्रविधि क्षेत्रमा विद्यावारिधि गरेका नेपाली वैज्ञानिकहरुको पहिलो पटक सूची तयार गरेको छ । अनुसन्धानकर्ताहरुको विषयगत विज्ञता र उनीहरुले गरेका कामको जानकारी दिने उद्देश्यले नाष्टले ‘हु इज हु’ प्रकाशन गरेको हो ।
आईसीटी अवार्डको पाँचौं संस्करण सम्पन्न भएको छ । लिभिङ विथ आईसीटीको आयोजनामा सम्पन्न हुवावे आइसीटी अवार्ड २०२० मा विभिन्न ११ विधा र जुरी मेन्सनसहित १२ प्रतिस्पर्धीलाई अवार्ड प्रदान गरियो ।
सन् १६१० मा खगोलशास्त्री ग्यालिलियो गेलिलीले बृहस्पति गृहका चार वटा चन्द्रमा पत्ता लगाए । आईओ, युरोपा, ग्यानिमेट र क्यालिस्टो नाम गरेका यी चन्द्रामालाई उनले पहिलो पटक देखे ।
चिनियाँ चन्द्रयान चाङ ई–५ चन्द्रमाको सतहबाट ढुंगामाटोको नमुना लिएर पृथ्वीमा फर्किएको छ । अमेरिकाको अपोलो र तत्कालीन सोभियत संघको लूना चन्द्रयानपछि पहिलोपल्ट चिनियाँ चन्द्रयानले चन्द्रमाको सतहको नमुना लिएर फर्किएको हो ।
सन् १९८४ मा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्मासँग अन्तरिक्ष अनुभवबारे प्रश्न सोधेकी थिइन् । उक्त क्षण यसकारण पनि खास थियो कि प्रधानमन्त्री कार्यालयबाट गान्धीले अन्तरिक्षमा रहेका शर्मालाई अन्तरिक्ष यात्राको अनुभवबारे बताउन प्रश्न गरेकी थिइन् ।