कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

युवा वैज्ञानिक सम्मेलन सम्पन्न

काठमाडौँ — राष्ट्रिय युवा परिषदद्वारा नेपाल रोवोटिक्स एसोसिएसनसँगको सहकार्यमा आयोजना गरिएको युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ। बुधबार काठमाडौंमा आयोजित सम्मेलनको उद्घाटन अर्थमन्त्री वर्षमान पुनले गरेका थिए ।

युवा वैज्ञानिक सम्मेलन सम्पन्न

एकदिवसीय युवा वैज्ञानिक सम्मेलनमा अर्थमन्त्री पुनले राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्वपूर्ण भूमिका रहने बताए । मन्त्री पुनले भने,' विश्वमा विकशित राष्ट्रहरुको विकासको मुल आधार नै समय सापेक्ष प्रविधिको विकास र सही रुपमा अबलम्बन नै रहेको पाइन्छ । '

विकासको गतिलाई तिव्रता दिन, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उपलब्ध ज्ञान, विज्ञान, र प्रविधिको समुचित उपयोग गर्न सक्ने क्षमताको समेत बृद्धि गर्नुपर्नेमा मन्त्री पुनले जोड दिए ।

सम्मेलनमा वैज्ञानिक समेत रहेका जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले हरेक क्षेत्रमा वैज्ञानिक सोच विकास गर्न सकेमात्र राष्ट्रले विकासको लय समाउने धारणा राखे ।

पूर्व विज्ञानमन्त्री गणेश शाहले विज्ञानलाई राष्ट्रको जीवन पद्धति बनाउनुपर्ने बताए। नास्टका उपकुलपति प्राध्यापक डा. दिलिप सुब्वाले युवाहरुका वैज्ञानिक सोचलाई प्रवर्धन गर्न राज्यले आफ्नो सामर्थ्य वढाउनुपर्ने बताए। राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपाली युवामा रहेको वैज्ञानिक खोज , अनुसन्धान र सोचलाई वढवा दिन युवा वैज्ञानिक सम्मेलनको आयोजना गरिएको बताए l

सम्मेलनमा नास्टका सचिव डा.रबीन्द्रप्रसाद ढकाल , त्रिभुवन विश्वविद्यालयकी प्रा.डा.अन्जना सिह , वैज्ञानिक लुजेन्द्र ओझा , प्रा.कनैया झा, शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव इन्दुविक्रम जोशी लयायतका विषय विज्ञहरुले फरक फरक विषयमा आ-आफ्नो विषयगत प्रस्तुतीकरण राखेका थिए।

प्रकाशित : असार ६, २०८१ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×