माओवादीले बोलायो पदाधिकारी बैठक

असार १८, २०८१

कान्तिपुर संवाददाता

Maoists called a meeting of officials

काठमाडौँ — नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि माओवादीले पदाधिकारी बैठक बोलाएको हो । 

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेका लागि बोलाइएको उपमहासचिव गिरिराजमणि पोखरेलले इकान्तिपुरलाई जानकारी दिए ।

सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।

लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

कांग्रेस-एमाले गठबन्धनएमाले

कान्तिपुर

Link copied successfully