कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौँ — नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि माओवादीले पदाधिकारी बैठक बोलाएको हो । 

माओवादीले बोलायो पदाधिकारी बैठक

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेका लागि बोलाइएको उपमहासचिव गिरिराजमणि पोखरेलले इकान्तिपुरलाई जानकारी दिए ।

सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।

लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित : असार १८, २०८१ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×