एमाले

नेकपा एमालेको दसौँ महाधिवशेन आयोजक कमिटी बैठक वैशाखमा

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक वैशाखमा बस्ने भएको छ । 

देउवा र ठाकुर निर्वाचनकै पक्षमा

सतहमा सत्ता समीकरण बदल्ने प्रयास भइरहे पनि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको भित्री लाइन निर्वाचनमै जाने देखिएको छ । तत्काल चुनावमा जानका लागि तीन दलीय गठबन्धनको सरकार बन्न नदिन जसपाका ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले भूमिका खेलिरहेको छ ।

'प्रधानमन्त्रीमा केही नैतिकता छ कि भनेर हेर्‍यौं, अब अविश्‍वास प्रस्ताव ल्याएर बिदा गर्नुको विकल्प छैन'

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको कदम सर्वोच्चद्वारा असंवैधानिक ठहर गर्दै खारेज भएपछि नैतिकताका आधारमा राजीनामा दिने आसमा अरु दल रहे पनि लामो समयसम्म त्यो पूरा नभएकाले अब अविश्वासको प्रस्ताव ल्याउनुपर्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् । 

केही दिनभित्र नयाँ सरकार गठन हुन्छ : दाहाल 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केहीदिनभित्र नयाँ सरकार गठन हुने दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसको अगुवाइमा तीन दलको बैठक बसेको एक दिनपछि शनिबार दाहालको यस्तो प्रतिक्रिया आएको हो । 

माग पूरा गरे यही सरकारलाई धन्यवाद : राजेन्द्र महतो

नयाँ सत्ता समीकरणबारे छलफल गर्न कांग्रेसले शुक्रबार बोलाएको तीन दलको बैठक निष्कर्षविहीन रुपमा टुंगिएको छ । शुक्रबार आफ्नै निवासमा भएको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूको बैठकमा सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली सरकारलाई हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखे ।

सांसद पद गुमाएका चार मन्त्रीले फेरि लिए शपथ

सांसद पद खारेज भएर पुनर्नियुक्ति पाएका चार मन्त्रीले शपथ लिएका छन् । सांसद बनेको दल नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा (एमाले) प्रवेश गरेका चार मन्त्रीले सांसद पद खारेज भएको दोस्रो दिन पुनर्नियुक्ति पाएका थिए ।

गृहमन्त्री थापालाई सांसदबाट पदमुक्त गर्न संसद् सचिवालयलाई दाहालको पत्र

नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभा सदस्य भएका गृहमन्त्री रामबहादुर थापाको पद पनि खारेज हुने भएको छ । थापाले दल परित्याग गरेकाले सांसदबाट कारबाही गरिएको भन्ने माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहालले संसद् सचिवालयलाई पत्र पठाएका छन् । 

सांसद पद खारेज भएका चार मन्त्रीको पुनर्नियुक्तिपछि शपथ आजै 

सांसद पद खारेज भएका चार मन्त्रीले पुनर्नियुक्ति भएको छ । पुनर्नियुक्ति भएसँगै उनीहरूले शपथ पनि लिने भएका छन् ।

‘हामीलाई कारबाही गर्ने प्रचण्डको हैसियत के छ ?’

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक कदमलाई साथ दिँदै माओवादी केन्द्रबाट एमालेतर्फ लागेका चार जना नेता बिहीबार सांसद पद खारेजीसँगै मन्त्रीबाट पदमुक्त भएका छन् । २०७४ सालको चुनावबाट निर्मित प्रतिनिधिसभामा दल त्याग गरेको आधारमा प्रत्यक्ष निर्वाचित सांसदको पद गएको यो पहिलो घटना हो ।

दाहालको साथ छाड्ने ४ जनाको सांसद पद खारेज

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक कदमलाई साथ दिँदै माओवादी केन्द्रबाट एमालेतर्फ लागेका चार जना नेता बिहीबार सांसद पद खारेजीसँगै मन्त्रीबाट पदमुक्त भएका छन् । २०७४ सालको चुनावबाट निर्मित प्रतिनिधिसभामा दल त्याग गरेको आधारमा प्रत्यक्ष निर्वाचित सांसदको पद गएको यो पहिलो घटना हो ।

ओलीनिकटलाई महत्त्वपूर्ण समिति

एमालेले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएका संघीय संसद्का विषयगत समिति सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदको नाम सिफारिस गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका गोकुल बाँस्कोटालाई त्यही विषयमा छानबिन गरेको सार्वजनिक लेखा समितिमा सिफारिस गरिएको छ ।

मिनी संसद्‍मा हामी नेकपा भएर बस्न सक्दैनौं : एमाले

सत्तारुढ नेकपा (एमाले) समितिमा पार्टीको शक्तिका आधारमा संसदीय समितिमा जिम्मेवारी दिन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

प्रदेश सरकारहरू तरंगित

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिसभा विघटनलगायत कदमहरूको विरोध गरे पनि सरकारमा बसिरहेको भन्दै आलोचना खेपिरहेको माओवादी केन्द्र गण्डकी सरकारबाट बुधबार बाहिरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष राजीनामा दिएका हुन् ।

राजनीतिक दलहरूबीच समझदारी गर्नैपर्छ : दाहाल

संविधान र व्यवस्था बचाउनका निम्ती राजनीतिक दलहरूबीच समझदारी हुनुपर्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

एमाले प्रवेश गरेका प्रदेश सभा सदस्य बोहोरालाई माओवादीले सोध्यो स्पष्टीकरण

नेकपा (माओवादी केन्द्र) ले पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ । 

गण्डकी प्रदेश : राजीनामा दिँदै माओवादी मन्त्री

गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन । प्रदेश सरकारलाई दिएको विश्वासको मत भने तत्काल फिर्ता नलिने उक्त पार्टीले जनाएको छ । 

चार मन्त्रीको सांसद पद खारेज हुँदै

माओवादी केन्द्रले केपी शर्मा ओली सरकारमा सहभागी चार मन्त्रीले दल त्यागेकाले प्रतिनिधिसभाको सांसद पदबाट समेत हटाउन संघीय संसद् सचिवालयलाई पत्राचार गरेको छ ।

एमाले विवाद : वाग्मती प्रदेशमा खनाल-नेपाल पक्षको समानान्तर कमिटी (नामावलीसहित)

सत्तारुढ नेकपा (एमाले)को विवाद बढ्दै गइरहेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधिसँग असन्तुष्ट वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभर समानान्तर कमिटी गठन प्रक्रियालाई तीव्रता दिएको छ । 

ओली सरकारका चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रको पत्र

नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

कर्णाली प्रदेश : एमालेका तीन मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन् ।

‘माओवादीले समर्थन फिर्ता लिन किन नसकेको ?’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चैत १४ मा प्रज्ञा प्रतिष्ठानको डबलीबाट नैतिक रूपमा आफूले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिन नसक्ने घोषणा गरेका थिए । यसै साता कपिलवस्तु पुगेका उनले केही दिनभित्रै नयाँ सरकार बन्ने उद्घोष गरे ।

‘उहाँहरू आफैं क्लियर हुनुहुन्‍न, हामीलाई जबर्जस्ती तान्‍न खोज्‍नुहुन्छ’

वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा अझै तयार भइसकेको छैन ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ । मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्तावका प्रस्तावक तथा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङबोले प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।

अराजक सत्ता, निरीह प्रतिपक्ष

दुई साताअघि भारतमा समाजवादी नेता राममनोहर लोहियाको जन्मजयन्ती मनाइयो । नेपालमा समेत दक्षिण एसियाको समाजवादी आन्दोलनबारे जानकार केही मानिसले लोहियालाई व्यक्तिगत तवरबाट भए पनि सम्झने कोसिस गरे ।