२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५
कांग्रेस-एमाले गठबन्धन

‘कसैलाई माया गर्नु एउटा भूल गरें मैले...’

असार २०, २०८१

यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले–कहिलेकसैलाई माया गर्नु एउटा भूल गरें मैले...एमालेका ८ जना मन्त्रीले बुधबार बेलुकी ८ः३० बजे सामूहिक राजीनामा बुझाइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहा...

दाहाल राजीनामा नदिने, रास्वपा पनि सरकार नछाड्ने

संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच संविधान संशोधन एजेन्डासहित ‘राष्ट्रिय सरकार’ बनाउने सहमति भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल मार्गप्रशस्त नगर्ने भएका छन् । दाहालले पदबाट राजीनामा नदिने र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार नछाड्ने अडान लिएसँगै सत्ता हस्तान्तरण लम्बिन सक्ने भएको छ । 

विगतमा कांग्रेस-एमाले सहयात्रा कति उपलब्धिमूलक ?

प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहयात्राको सहमति गरेका छन् । केही दिनयता जारी गुप्त र खुला संवादलाई उनीहरूले सोमबार मध्यरातमा औपचारिक सहमतिको ढाँचा दिएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

 नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि असार १९ गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा  पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सरकार बनाउने कांग्रेस-एमालेको सहमति स्वाभाविक र प्राकृतिक लाग्दैन : माओवादी

नेकपा माओवादी केन्द्रले मिलेर सरकार बनाउने एमाले र कांग्रेसको सहमति स्वाभाविक र प्राकृतिक नलागेको जनाएको छ । मंगलबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकपछि माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस र एमालेबीचको सहमति मुलुकलाई पश्चगमनतर्फ लैजाने खालका भएको उनले बताए । 

जसपा नेपालले एमाले-कांग्रेसको सरकारलाई समर्थन गर्ने

जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले आफ्नो पार्टीले एमाले-कांग्रेससहितको सरकारलाई समर्थन गर्ने बताएका छन् । ईकान्तिपुरसँग कुराकानी गर्दै उनले अब बन्ने सरकारप्रति आफ्नो पार्टी सकारात्मक रहेको पनि बताए ।

रास्वपाले तत्काल सरकार नछाड्ने, नयाँ सरकारमा पनि नजाने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नयाँ सरकार बन्ने संवैधानिक प्रक्रिया सुरु भएपछि सरकारबाट बाहिरिने जनाएको छ । सत्ता सहकार्य गर्ने कांग्रेस-एमालेको सहमति मंगलबार बिहान बसेको रास्वपा सचिवालय बैठकले नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेबित्तिकै मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको हो । 

महत्त्वपूर्ण मुद्दाको सम्बोधन गर्न एमाले-कांग्रेससहितको राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ : कांग्रेस

नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्त्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि कांग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ ।

परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न भन्दै राप्रपाले बोलायो पदाधिकारी बैठक

एमाले र कांग्रेसले सत्ता सहकार्य गर्ने सहमति गरेपछि संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरू आन्तरिक छलफलमा जुटेका छन् । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले पनि मंगलबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ । 

मध्यरातमा कांग्रेससँग सरकार बनाउने सहमति गरेका एमाले अध्यक्ष ओली प्रधानमन्त्री दाहाल भेट्न बालुवाटारमा

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् । सोमबार राति कांग्रेससँग आलोपालो सरकार बनाउने सहमति गरेका ओली मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका हुन् । 

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने कांग्रेससँग समझदारी भएको छ : एमाले महासचिव पोखरेल

एमाले महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरिने बताएका छन् । सोमबार राति कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमतिपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न लागेको बताएका हुन् ।  त्यसका लागि कांग्रेससँग समझदारी भएको पनि महासचिव पोखरेलले बताएका छन् ।

एमाले सचिवालय बैठक  बस्दै

विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

माओवादीले बोलायो पदाधिकारी बैठक

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि माओवादीले पदाधिकारी बैठक बोलाएको हो । 

एमाले-कांग्रेस सहमतिपछि रास्वपाले डाक्यो सचिवालय बैठक

सत्ता गठबन्धन फेरिने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार साढे ८ बजेदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सचिवालय बैठक बस्न थालेको हो ।

एमालेसँग मिलेर सरकार बनाउने सहमतिपछि देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

एमालेसँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने  रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

सत्ता समीकरणका लागि सोमबारको समय-चक्र : बालुवाटार बार्दलीदेखि चपली हाइटसम्म

कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् । कांग्रेस-एमाले सहमतिसँगै निर्वाचनयता डेढ वर्षको बीचमा तीन पटक गठबन्धन फेरेका पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ ।

कांग्रेस-एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता स`ञ्चालनका लागि गठबन्धन गर्ने सहमति भएको छ ।

पार्टीका नेता र मन्त्रीहरुसँग प्रधानमन्त्रीको बिफ्रिङ : 'सत्ता समीकरण तलमाथि हुँदैन'

सत्ता समीकरणमा उथलपुथल हुने चर्चा भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसलाई अस्वीकार गरेका छन् । मन्त्रिपरिषद्को सोमबार सिंहदबारमा बसेको बैठकमा उनले समीकरण भत्किने हल्लामा सत्यता नभएको दाबी गरे । उनले मन्त्रीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरे ।