कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

एमाले-कांग्रेस सहमतिपछि रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ — सत्ता गठबन्धन फेरिने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार साढे ८ बजेदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सचिवालय बैठक बस्न थालेको हो ।

एमाले-कांग्रेस सहमतिपछि रास्वपाले डाक्यो सचिवालय बैठक

सहमहामन्त्री बुर्लाकोटीले पछिल्लो राजनीतिक परिस्थितिबारे बैठकमा छलफल हुने बताए ।

सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।

लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित : असार १८, २०८१ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×