कांग्रेस-एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री

असार १७, २०८१

कान्तिपुर संवाददाता

Agreement between Congress-UML to form a power alliance, Oli and Deuba as prime minister

काठमाडौँ — संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता स`ञ्चालनका लागि गठबन्धन गर्ने सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो । 

सोमबार राति भएको सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा  पनि छन् । 

सहमतिको ड्राफ्ट तयार गर्ने एक  कांग्रेस नेताले दिएको जानकारीअनुसार 'एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने' पहिलो बुँदामा उल्लेख छ । 

ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको हो । 

त्यस्तै, एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको हो । 

निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको छ ।  यो सहमतिको विषयलाई एमालेतर्फका नेताहरूले भने ठोस रुपमा केही बताइसकेका छैनन् । 

कांग्रेस र  एमालेका नेताहरूबीच सोमबार साँझ भएको छलफलपछि एउटा सहमतिको खाका तयार भएको र त्यसलाई अन्तिम रुप दिने तयारी स्वरुप दुवै दलका नेताहरू आपसी छलफलमा रहेका छन् । राती नै बैठक बस्दा  औपचारिक हस्ताक्षर पनि हुनसक्ने कांग्रेस नेताले जानकारी दिए । 

कांग्रेस-एमाले गठबन्धन

कान्तिपुर

Link copied successfully