कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

‘सत्ताका लागि ढोक्सा थापाथाप’

पाठक पत्र

'सत्ता उथलपुथलको कसरत’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

‘सत्ताका लागि ढोक्सा थापाथाप’

नेपाली कांग्रेसको सदाशयताले मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्ने अवसर प्राप्त भएको हो । कांग्रेसले एमालेलाई प्रधानमन्त्रीमा समर्थन गर्ने हो भने भोलि नै सरकार ढल्छ र कांग्रेस र एमालेको मजबुत सत्ता गठबन्धन बन्छ ।
– सुरेन्द्र महर्जन

हाम्रो नजिकैको छिमेकी भारत कति ठूलो देश छ, त्यहाँ एक चोटि चुनाव भएपछि ५ वर्ष मज्जाले सरकार चलिरहन्छ । नेपालमा बेलुका सुत्दा अर्कै, बिहान उठ्दा अर्कै हुन्छ ।
– वीरेन्द्रसिंह ठगुन्ना

शनिबारको बालकोट भेटघाटपछि बालकोटका बामाथि देउवाद्वारा ढोक्सा प्रहार भएको आशंकामा नेपाली राजनीतिमा तरंग पैदा भएको छ ।
– पुष्पराज चम्लागार्इं

बेचन झासँगै आरजु पनि सोही काण्डमा जोडिएकाले आरजु पनि पक्राउ पर्ने डरले शेरबहादुर देउवाको हारगुहार हो । आरजु जोगाउन देउवाले सरकारमा सहभागी मात्रै हुँदै एमालेलाई सबै दिएर सरकार जाने तयारी गरेको देखिन्छ ।
– ईश्वर थापा

हालसम्मको प्रतिवेदन अनुसार ठूल्ठूला भ्रष्टाचार मुद्दामा कांग्रेस र एमालेका नेता–कार्यकर्ता मुछिएकाले भुटानी शरणार्थी केसको फाइल पुनः खोल्दा मनमा पहिरो गएको हो । त्यही महान् जनयुद्धबाट प्राप्त उपलब्धिमा रमाउन हुने, बजेटमा जनयुद्ध शब्द स्वीकार्य नहुने कांग्रेस अनि देउवाको पेवा हैन यो देश ।
– नर भण्डारी

अब कांग्रेस, एमाले मिलेर रवि, बालेन र हर्कलाई जेल हाल्छन् अनि राणा शासन चलाएर देश लुटेर कंगाल बनाउँछन् ।
– सन्तोष बोहरा

प्रचण्डको सरकार हुनुपर्छ ।
– भक्तिनाथ न्यौपाने

कांग्रेस र एमालेले जनतालाई खुसीसँग बाँच्न नदिने भए ।
– महेन्द्र थापा

देशका उद्योग व्यवसायी र देशमा नै केही गर्न खोज्ने नागरिकको आत्मविश्वास बढाउन कांग्रेस र एमालेको सरकार हुनैपर्छ । जनमत प्राप्त यी दल नै हुन् ।
– धरणीधर दाहाल

यो सबै आफ्नो मान्छे जोगाउने कसरत हो ।
– ज्ञानु बस्नेत

प्रदेश हटाऊ र जनताको मतबाट निर्वाचित प्रधानमन्त्री बनाऊ ।
– हिरामणि घिमिरे

सरकार ढलेर ओली प्रधानमन्त्री बन्नुपर्छ, प्रचण्डको अस्थिर चरित्रको सटर सधैंका लागि बन्द गरिदिनुपर्छ ।
– राजनजंग कुँवर

सरकार फेर्ने कसरतमा लाग्यो भनेर उपेन्द्र यादवको पार्टी फुटाइदिनेहरू आफैं सरकार फेर्न लागेछन् त । अनुशासित भएर बस्नू, गठबन्धनमा फेरि पैंचो तिर्लान् !
– सुभाष चन्द्र

खासमा अब हामीलाई जेलमा हाल्ने भए, हाम्रा सारा कुकर्म छरप्रस्ट हुने भो भनेर मिल्न लागेका हुन्, यही मानसिकताका कारण देश कहिल्यै बन्दैन ।
– साम्देन छोग्याल

अब खटपट उथलपुथल सरकार फेरबदल सुरु भयो । पद र सत्ताका लागि जे पनि गर्ने यिनै हुन् ।
– खिमानन्द न्यौपाने

सत्ताको नेतृत्व ठूला दुई दलमध्ये एउटाले गर्दा उपर्युक्त होला ।
– विष्णु खनाल

घरीघरी सरकारमा बसिरहनु र पदको लोभ गरिरहनुभन्दा संविधान संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुने प्रस्ताव स्वीकृति गरी राजनीतिबाट संन्यास लिँदा जनताबाट उच्च सम्मान पाउनु हुनेछ ।
– तिलक थापा

यसो फाइल टकटक्याउन लाग्या मात्र के थियो, हलचल नै भो । देख्नुभो सबैले ।
–अर्जुन कँडेल

यी नेताको कामै के छ र ?
– दीपक घिमिरे

आफ्ना भ्रष्टाचारी नेता बचाउनुपर्‍यो, छिटो परिवर्तन गर ।
– देवेन्द्रराज विक

पहिलाकै सरकार ठीक थियो, ओलीको ढोक्सामा प्रचण्ड परे ।
– जेकी चान

प्रकाशित : असार १८, २०८१ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×