कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

‘प्रचण्डले यति सजिलै पद छोड्लान् र !’

पाठक पत्र

'मध्यराति १२ः१५ मा हस्ताक्षर : कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

प्रचण्ड नेतृत्वको सरकारले थोरै भए पनि भ्रष्टाचार, बेथितिका एकपछि अर्को फाइल खोल्दै जाँदा कांग्रेस र एमाले आत्तिएर फेरि एकजुट भएका छन् ।
– भरतबहादुर रावल

बुढाहरू नसुती नसुती गठबन्धनमा लागेछन् ।
– राजेश कार्की

सत्ता ढल्नु र नयाँ समीकरणबाट नयाँ सरकार बन्नु लोकतन्त्रमा नकारात्मक पक्ष होइन । तर जनता र देशका लागि केही गर्ने आँट लिएको सरकार बीच बाटोमै ढल्दा दुःख लाग्दै छ । र २०८४ को निर्वाचनमा माओवादी वा रास्वपालाई बहुमत दिन सकियो भने वर्षौं पहिला लुकाएर राखिएको काण्डहरूको पर्दाफास गर्दै भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ । किनकि जति पनि काण्ड छन्, ती सबै एमाले र कांग्रेसले गरेका छन् ।
– इच्छा राई

प्रचण्डले यति सजिलै पद छोड्लान् र ? प्रचण्डको नयाँ चाल के हुन्छ, त्यो हेर्न बाँकी छ ।
– गणेश बटाला

यही मेसोमा कांग्रेस र एमाले मिलेर प्रदेश सरकार, राष्ट्रिय सभा र संघमा समानुपातिक सांसद खारेज गर्ने गरी संविधान संशोधन गरेर अगाडि बढे भने नेपाली जनतालाई अहिलेसम्मकै ठूलो उपहार हुने थियो । र, एमाले र कांग्रेस अझै ५० वर्ष पहिलो, दोस्रो दलमै रहने थिए ।
– रमेश क्षेत्री

हर्ष न विस्मात । यिनीहरूले विगतमा के गरेका थिए भन्ने जनताले बुझेकै छन् । खाओ खाओ । पालैपालो खाओ ।
– सुदीप दुमी राई

सरकार मात्र बदलेर कुनै उपलब्धि हुन्न । तर निर्वाचन प्रणालीको सुधारका लागि संविधान संशोधन हुन्छ भने यो देशका लागि फाइदाजनक हुनेछ ।
– योगेश काम्बाङ

एउटालाई गिरीबन्धुको डर, अर्कोलाई नक्कली भुटानी शरणार्थीको डर । डर छल्न नयाँ सरकार ।
– राजेन्द्र नेपाली

५ वर्षको अन्तरालमा करिब १० पटक जस्तो गठबन्धन बन्ने र भत्किने रहेछ । अनि कसरी होस्, प्रगति नेपालमा ?
– सुमन हाङसुरुम्बा

कांग्रेस–एमाले गठबन्धनको उद्देश्य राजनीतिक स्थायित्व र राष्ट्र निर्माण भनेर नझुक्किनुहोला ! यिनीहरूको आफ्नै विगतका कारण यो सम्झौता अवश्यम्भावी थियो ! अब संविधान संशोधन नै गरेर आफूहरूलाई आउँदो चुनावमा अझै सहज बनाउने खेल हुँदै छ । साना र नयाँ बन्न सक्ने दलहरू पेलिने गरी संविधान संशोधन भएमा अचम्म मान्नु पर्दैन !
– सञ्जय कोइराला

६ महिनापछि देउवा प्रधानमन्त्री बन्छन् ।
– अशोक भण्डारी

उथलपुथलमा रमाउने हामीलाई स्थिरता कहाँ मन पर्छ र !
– मुरारी चौधरी

सरकार परिवर्तन गर्न २४ घण्टा खट्न सक्ने, तर जनताका के समस्या छन्, कसरी हल गर्ने भन्न ५ मिनेट फुर्सद हुँदैन ।
–हरेराम राउत क्षेत्री

प्रकाशित : असार १९, २०८१ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×