कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

पुँजीवादीसँग अंगालो मार्ने कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन : खनाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन् । 

पुँजीवादीसँग अंगालो मार्ने कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन : खनाल

शुक्रबार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई दलाल पुँजीवादी गठबन्धनको संज्ञा दिए । उनले कांग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे । उनले अहिले नेकपा एमाले भित्र भूकम्प गएको बताए ।

उनले भने, ‘हाम्रो पार्टीको विकास र बिस्तारलाई रोक्न सक्ने यो देशमा कुनै शक्ति छैन । हरेक हिसावले हाम्रो पार्टी अघि बढ्ने अवस्थामा छ । कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणापन्थी यथास्थितिवाद हाबी छ । आम कार्यकर्ताहरुले नयाँ विचार खोजिरहेका छन् । सही नेतृत्व खोजिरहेका छन् । सही पार्टी खोजिरहेका छन् । स्वयं नेकपा एमालेभित्र अहिले कार्यकर्ताहरुमा एक किसिमको भूकम्प गइरहेको छ । जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दैछ कमरेडहरु । दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन । यो कुरा नेकपा एमाले पार्टी ३ लाख ५० हजार सदस्यहरुले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ । त्यो पार्टीभित्र व्यापक रुपान्तरणको अभियान चल्नेछ ।’

नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुनःगठनको प्रक्रिया शुरुवात हुने बताए ।

प्रकाशित : असार २१, २०८१ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×