विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : कांग्रेस सांसद गौतम

असार २४, २०८१

कान्तिपुर संवाददाता

Government is not serious about disaster management: Congress MP Gautam

काठमाडौँ — कांग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताइन् । उनले विपद्का कारण ठूलो जनधनको क्षति भएको बताइन् । 

‘विपद्का कारण ठूलो जनधनको क्षति भएको छ । यो विपद् व्यवस्थापन गर्न सरकारले के गरिरहेको छ ? यो सदनलाई जानकारी गराउन म माग गर्न चाहन्छु । नेपालमा कुनै पनि समय विपद् आउनसक्ने सम्भावना रहेको मुलुक भएकाले नेपालको परिप्रेक्ष्यमा कहाँ यदी भन्ने भन्दा पनि कहिले आउँछ भन्नेकुरा प्रश्न गर्नुपर्छ । यो उच्च जोखिम रहेको क्षेत्र हो । बाढी पहिरोका बारेमा सांसदज्युहरुले उठाउनुभएका कुरा मनन गरेर सरकार अघि बढ्नुपर्छ । प्रत्येक वर्ष आउने वर्षालाई राज्यले महसुस नगरी काम गर्दा जनताले विपद्को सामना गर्नुपरेको छ,’ उनले भनिन् । 

बाढीपहिरो

कान्तिपुर

Link copied successfully