विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्री दाहालको निर्देशन

असार २३, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Dahal's instructions to be proactive in disaster management

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्राकृतिक विपद्‍बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिएका छन् ।

आज एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री दाहालले बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् । 

प्रधानमन्त्री दाहालले बाढी पहिरोबाट हुनसक्ने क्षति र जोखिम कम गर्न आवश्यक पूर्वतयारीका काम भइरहेको बताएका छन् । प्रसुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा उनको अनुरोध छ ।

प्रधानमन्त्री दाहालले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अनुरोध पनि गरेका छन् । 

बाढीपहिरो

कान्तिपुर

Link copied successfully