संरक्षित वन्यजीव सालकको खपटा बिक्री गर्न लागेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जको टोलीले ६ जनालाई पक्राउ गरेको छ । निकुञ्जको टोलीले असार ५ गते सुरुमा दुईजना समाएको थियो । उनीहरुले दिएको बयानका आधारमा थप चारजना समातिएका हुन् ।
चितवनमा बिहीबार राति र शुक्रबार बिहान दुई ठाउँमा भएका भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार मृत्यु हुनेमा दुईजना ट्रकका चालक र एकजना मोटरसाइकल चालक रहेका छन् ।
खोलाले बगाउँदा चितवनको कालिका नगरपालिका-१० सिद्धिमा एक जनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार बिहीबार साँझ सात बजे कालिका-१० सिद्धिको देउजर सिइकराङका ३३ वर्षीय गम्भीर चेपाङ खोलामा बगेका थिए । खोजतलासका क्रममा शुक्ररबार बिहान सवा छ बजेतिर उनको शव भेटिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय टोलीले आज सोनार क्यामेराले जुटाएका संकेतहरू विश्लेषण गर्ने जानकारी दिए । 'फिल्डमा आज भारतीयहरू जाँदैनन् । फिल्डको काम आज एपीएफले जारी राखेको छ,' प्रमुख जिल्ला अधिकारी यादवले भने ।
नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैरामा कल्भर्ट फुटाएर आएको लेदोसहितको पहिरोमा बगेर गतअसार २८ को बिहानै त्रिशूली नदीमा दुई बस र त्यसमा सवार चालक, यात्रु बेपत्ता भएका थिए ।
भरतपुर महानगरपालिका-२६ भगेडी गाउँको मकै बारीमा मंगलबार बिहान एउटा पोथी गैंडा मृत अवस्थामा भेटिएको छ । घटनास्थलमा निकुञ्जको टोली पुगेको छ । पशु चिकित्सकको टोली पुग्दैछ ।
नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैराको कल्भर्ट नाघेर आएको लेदोमा बगी सडकदेखि तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको दुईवटा बस र त्यसमा रहेका यात्रुको खोजीमा भारतबाट आएको प्राविधिक टोलीले आफ्नो खोजी कार्यलाई दुर्घटनास्थलको तीन किलोमिटर क्षेत्रमा केन्द्रित गरेको छ । भारतीय टोली आइतबारदेखि खोजीमा जुटेको हो ।
लेदोसहितको पहिरोमा परी असार २८ देखि नै हराइरहेका दुई बस र यात्रुको खोजीमा सोनार क्यामेरासहित जुटेको भारतीय प्राविधिक टोलीलाई पनि त्रिशूलीको उर्लंदो भेल चुनौती बनेको छ । नेपालमा जल विपद् उद्धारमा संलग्न हुँदै आएको सशस्त्र प्रहरीको टोलीसहित भारतीय टोली आइतबार बिहानदेखि नै सिमलतालदेखि तल्लो क्षेत्रमा खोजीमा निस्केको थियो ।
मानव अंगका लागि पहरेदार मानिने तत्त्व ‘प्रोटिन’ पाइने खाद्यबाली दालखेती गर्नु माटोका लागि अत्यावश्यक हो । दालबालीको अनुसन्धानमा संलग्न राजेन्द्र दराई दालखेती माटोका लागि ‘मिनी नाइट्रोजन फ्याक्ट्री’ बनाए जस्तै भएको बताउँछन् । यसको जराले माटोको पोषक तत्त्व निर्माण गर्छ ।